सन्तोषकुमार गुप्ता/ माघ १९, भालुवाङ । आर्दश उच्च माध्यमिक विद्यालय लालमटियामा अध्ययनरत एक सय पचहत्तर जना विद्यार्थीहरुलाई मंगलबार विद्यालयमै एक कार्यक्रमको आयोजना गरी छात्रबृत्ति वितरण गरिएको छ ।
विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १० सम्म अध्ययनरत विभिन्न बिषयगत शिर्षकमा उत्त छात्रबृत्ति रकम प्रदान गरिएको हो । जस अन्र्तगत कक्षा ९ र १० का १५ जना विद्यार्थीलाई जनही १७ सयका दरले २५ हजार ५ सय, कक्षा ६ देखि कक्षा १० सम्मका १ सय ४४ छात्राहरुलाई जनही ३ सय ६० का दरले ५१ हजार ८ सय ४० रुपैयाँ र कक्षा ६ देखि कक्षा १० सम्मका १६ जना दलित छात्र—छात्रालाई जनहस् ३ सय ८९ का दरले ६ हजार २ सय २४ रुपैयाँ छात्रबृत्ति वितरण गरिएको हो । जिल्ला शिक्षा कार्यालय दाङ्गको अनुदानमा बार्षिक कार्यक्रम अन्र्तगत यस बर्ष जम्मा एक लाख रुपैयाँ छात्रबृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्राचार्य दामोदर पाण्डेको अध्यक्षता एवम् शिक्षक अभिभावक संघका संयोजक बुद्धिराम चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा व्यवस्थापन समितीका सदस्य जोहरमान मियाँ, पत्रकार सन्तोषकुमार गुप्ता, शिक्षक दोर्ण जिसी लगायतका बक्ताले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षिक जिबराज शर्माले गरेका थिए ।