2026-08-26 01:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

साईनो कला केन्द्र स्थापना, सक्दो पहल गर्ने भट्टराईको आश्वसन

चिसाङ शेर्पा | फागुन १, खोटाङ | खोटाङमा ‘साईनो कला केन्द्र’को स्थापना भएको छ । संगीत, नृत्य र अभिनयजस्ता कला सिकाउन केन्द्रको स्थापना भएकोे हो । जिल्ला बाहिर गएर संगीत, नृत्य सिक्नुपर्ने बाध्यतालाई चिर्दै स्थापना भएको केन्द्रको मंगलबार प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले जिल्ला समन्वय समितिको समिक्षालय हलमा उद्घाटन गरेका छन् ।

प्रमोद श्रेष्ठ, शुभचन्द्र राई, कुसुम आचार्य, युनिक साम्पाङ, भक्त बिकको संयुक्त लगानीमा स्थापना भएको केन्द्रमा संगीत, नृत्य सिक्न सकिन्छ । केन्द्रको स्थापनासँगै जिल्लामा कला र संगीतको पाटोमा लागेकाहरु राजधानी गएर लक्ष्य पुरा गर्नुपर्ने बाध्यता हटेको छ । आर्थिक स्थिती कमजोर तर, होनाहार प्रतिभा गाउँमै विलिन हुने भएकाले त्यस्ता प्रतिभाहरु गरिबीकै कारण मर्न नपरोस भन्ने हेतुले पाँच ब्यक्तिले ब्यक्तिगत पैसा जम्मा गरी केन्द्रको स्थापना गरिएको हो ।

दिक्तेल, अर्खौले, फेदीका ५ युवाहरुको संयुक्त लगानीमा केही समय अघिबाट सदरमुकाम दिक्तेलको भवनगैरामा शुरु भई औपचारिक रुपमा स्थापना भएको केन्द्रको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य भट्टराईले जिल्लामा गला र संगीतको लागि आधिकारिक विद्धालय नभएको अवस्थामा साईनोले प्रतिभावान ब्यक्तित्वहरुको कला मर्न नदिने बताएका छन् । कला, गला, संगीतको उर्बर भुमि खोटाङमा स्थापना भएको केन्द्रलाई आफुले सक्दो पहल गर्ने आश्वसन दिएका छन् ।

नेपाली साहित्य, संगीत र अभिनयको मिश्रीत रुपलाई एकरुपता दिन केन्द्रको स्थापना गरीएको ‘साईनो कला केन्द्र खोटाङका अध्यक्ष प्रमोद श्रेष्ठले बताउनुभयो । नेपाली गीतसंगीत र साहित्यको क्षेत्रमा खोटाङले थुप्रै हस्तिहरु जन्माई सकेका र जन्माईरहेका छन् । उनले भने, “बिडम्बना, हालसम्म जिल्लामा एउटा पनि आधिकारिक संगीत, नृत्य अभिनय सिकाउने सेन्टर छैन । सोही आधारमा केन्द्रको स्थापना गरिएको हो ।” 

कार्यक्रममा राष्ट्रिय गजलकार तथा गायिका संगीता थापाले एकल गीत र गजल वाचन गरेका थिए । कार्यक्रमकै अबसरमा भएको एकल नृत्य प्रतियोगितामा रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल–२ का निशा राई पहिलो, एलिसा राई दोश्रो र सुरेश परियार तेश्रो भएका छन् ।

नृत्य प्रतियोगिताका विजयी प्रथम, दितिय र तृतियले क्रमश २ हजार ५ सय, २ हजार, १ हजार ५ सय सिल्ड, प्रमाणपत्र पाएका छन । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, जिल्ला समन्वय समिति संयोजक बबि चाम्लिङ, रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बधाईसहित पुरस्कार बितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो