२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

साईनो कला केन्द्र स्थापना, सक्दो पहल गर्ने भट्टराईको आश्वसन

१ फाल्गुन २०७४, मंगलवार १५:३०

चिसाङ शेर्पा | फागुन १, खोटाङ | खोटाङमा ‘साईनो कला केन्द्र’को स्थापना भएको छ । संगीत, नृत्य र अभिनयजस्ता कला सिकाउन केन्द्रको स्थापना भएकोे हो । जिल्ला बाहिर गएर संगीत, नृत्य सिक्नुपर्ने बाध्यतालाई चिर्दै स्थापना भएको केन्द्रको मंगलबार प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले जिल्ला समन्वय समितिको समिक्षालय हलमा उद्घाटन गरेका छन् ।

प्रमोद श्रेष्ठ, शुभचन्द्र राई, कुसुम आचार्य, युनिक साम्पाङ, भक्त बिकको संयुक्त लगानीमा स्थापना भएको केन्द्रमा संगीत, नृत्य सिक्न सकिन्छ । केन्द्रको स्थापनासँगै जिल्लामा कला र संगीतको पाटोमा लागेकाहरु राजधानी गएर लक्ष्य पुरा गर्नुपर्ने बाध्यता हटेको छ । आर्थिक स्थिती कमजोर तर, होनाहार प्रतिभा गाउँमै विलिन हुने भएकाले त्यस्ता प्रतिभाहरु गरिबीकै कारण मर्न नपरोस भन्ने हेतुले पाँच ब्यक्तिले ब्यक्तिगत पैसा जम्मा गरी केन्द्रको स्थापना गरिएको हो ।


दिक्तेल, अर्खौले, फेदीका ५ युवाहरुको संयुक्त लगानीमा केही समय अघिबाट सदरमुकाम दिक्तेलको भवनगैरामा शुरु भई औपचारिक रुपमा स्थापना भएको केन्द्रको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य भट्टराईले जिल्लामा गला र संगीतको लागि आधिकारिक विद्धालय नभएको अवस्थामा साईनोले प्रतिभावान ब्यक्तित्वहरुको कला मर्न नदिने बताएका छन् । कला, गला, संगीतको उर्बर भुमि खोटाङमा स्थापना भएको केन्द्रलाई आफुले सक्दो पहल गर्ने आश्वसन दिएका छन् ।

नेपाली साहित्य, संगीत र अभिनयको मिश्रीत रुपलाई एकरुपता दिन केन्द्रको स्थापना गरीएको ‘साईनो कला केन्द्र खोटाङका अध्यक्ष प्रमोद श्रेष्ठले बताउनुभयो । नेपाली गीतसंगीत र साहित्यको क्षेत्रमा खोटाङले थुप्रै हस्तिहरु जन्माई सकेका र जन्माईरहेका छन् । उनले भने, “बिडम्बना, हालसम्म जिल्लामा एउटा पनि आधिकारिक संगीत, नृत्य अभिनय सिकाउने सेन्टर छैन । सोही आधारमा केन्द्रको स्थापना गरिएको हो ।” 

कार्यक्रममा राष्ट्रिय गजलकार तथा गायिका संगीता थापाले एकल गीत र गजल वाचन गरेका थिए । कार्यक्रमकै अबसरमा भएको एकल नृत्य प्रतियोगितामा रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल–२ का निशा राई पहिलो, एलिसा राई दोश्रो र सुरेश परियार तेश्रो भएका छन् ।

नृत्य प्रतियोगिताका विजयी प्रथम, दितिय र तृतियले क्रमश २ हजार ५ सय, २ हजार, १ हजार ५ सय सिल्ड, प्रमाणपत्र पाएका छन । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, जिल्ला समन्वय समिति संयोजक बबि चाम्लिङ, रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बधाईसहित पुरस्कार बितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो