२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

नवविवाहित दम्पतिद्वारा पुस्तकालयलाई सहयोग

२ फाल्गुन २०७४, बुधबार ०६:५१

फागुन २, म्याग्दी | म्याग्दीको एक नवविवाहित दम्पतिले म्याग्दी बहुमुखी क्याम्पसमा दृष्टिविहीन विद्यार्थीका लागि स्थापना गर्न लागिएको पुस्तकालयलाई रु २५ हजार सहयोग गर्ने घोषणा गरेको छ । 

बेनीबजार निवासी विकास रावल र सन्ध्या केसीले रावलका भाइ स्व सुदीप रावलको स्मृतिमा पुस्तकालयलाई सो रकम सहयोग गर्ने घोषणा गर्नुभएको हो । 

मंगलबार स्व सुदीप रावलको नवौँ स्मृति दिवसका अवसरमा सुदीप स्मृतिकोषले आयोजना गरेको १० जोड दुईको परीक्षामा म्याग्दी जिल्लामा सर्वोकृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई सम्मान कार्यक्रममा नवविवाहित रावल दम्पतिले सो घोषणा गर्नुभएको हो । रावल र केसीको केही दिनअघि मात्र विवाह भएको हो । 

सुदीप रावलको स्मृतिमा उहाँको परिवारले रु दुई लाख ५० हजार राशिको अक्षय कोषको स्थापना गरेको छ । विकास रावल स्व सुदीपका माहिला दाजु हुनुहुन्छ । सुदीपको विसं २०६५ फागुन १ गते बागलुङ बजारबाट मालढुंगा जाने क्रममा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने