2026-09-19 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा अबैध रुपमा माछा पोखरीमा उत्खनन

फागुन ३, नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा रहेको माछा पोखरीमा अबैध रुपमा उत्खनन गरिएको खुलासा भएको छ  । 

गाउँपालिकाको कार्यालयले माछा पालन प्रयोजनकालागी लगाएको पोखरीमा अबैध रुपमा उत्खनन गरी माटो झिकेको पाईएको हो  ।

 पाल्हीनन्दन ४ पाल्ही भगवती मन्दीर नजिकको ठुलो पोखरीमा माछा पालन प्रयोगको लागी ठेक्का दिईएको भएपनि अबैध रुपमा सो पोखरीमा मोटो उत्खनन गरी वाहीर काममा विक्री वितरण गरिएको खुलासा भएको हो  ।

५ बर्षकालागी माछा पाल्नका निमित्त  २० लाख , १० हजारमा ठेक्कामा दिईएको मा सो माछा पोखरीलाई ठेकेदार पक्षले अबैध रुपमा हेबी मेसीनको प्रयोग गरी माटो झिकेर अन्यस्थामा विक्री बितरण गर्दै आएको छ  ।

ठेकेदारले नियम मिचेर पोखरीमा हेक्सावेटरको प्रयोग गरी माटो उत्खनन गरिहेदा समेत वडा कार्यालय  , गाउँपालिकाको कार्यालय , स्थानिय प्रहरी प्रशासन मौन रहेको    छ  ।

यस अगाबै करिब ५ फिट  गहिरो रहेको सो माछा पोखरी अहिले थप ५ फिट गरी गहिरो बनाएर  १०  फिट गहिरो हुन गरेको छ  । माछा पालन कार्यकालागी ५ फिटमा प्राप्त मात्रामा माछा पाल्न सकिने भएपनि माछा पालन प्रयोजनको वाहानमा १० फिट गहिरो बनाएर सो माटोलाई अन्य  काममा  विक्री वितरण गर्नु  सम्झौता बिपरीतको काम हो  । 

यस वारे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत  दुर्गा पौडेलले ठेकेदारले नियमबिपरीत पोखरीबाट माटो उत्खनन् गरी वाह्य प्रयोजनमा प्रयोग गरेको पाईएकाले ठेकेदारसंग दोब्वर क्षतिपुर्ति माग गरी  सहित ठेक्कालाई नियमानुसार  ब्यवस्थीत गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो