२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा प्राकृतिक स्रोत साधनलाई संरक्षण गर्ने अभियान शुरु

३ फाल्गुन २०७४, बिहीबार ०७:१२

फागुन ३, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मध्यबिन्दु नगरपालिकाले नगर क्षेत्रभित्रका सबै प्रकारका प्राकृतिक स्रोत साधनको संरक्षण अभियान चलाएको छ ।

प्राकृतिक स्रोत साधनको संरक्षणका साथै अनधिकृत दोहन रोक्न, देशमै नमूना सन्देश प्रवाह गर्ने गरी रणनीति अघि बढाएको नगर प्रमुख चन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।


अभियानअन्तर्गत नगर क्षेत्रभित्र रहेका खोलानालामा हाल हुँदै आएको दोहन, उत्खननलगायतका कार्य नियन्त्रण गरी प्राकृतिक स्रोत साधनको संरक्षण अभियान देशमै स्थानीय तहमध्ये पहिलो कार्य भएको मध्यबिन्दु नगरपालिकाले दाबी छ ।

सो बमोजिम खोलानालामा हुने उत्खनन तथा अतिक्रमणजस्ता कार्य नियन्त्रण गरी देशभरि सन्देश प्रभाव गर्न योजना बनाएर कार्य बढाएइको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंले जानकारी दिनुभयो ।

जलवायु परिवर्तन समकालीन अन्तर्राष्ट्रिय मुद्दा हो । नेपालका चाँदी झैँ टल्कने सेता हिमालमा परेको प्रभाव महसुस गरी यस विषयमा अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण गराउन सन् २००९ डिसेम्बर ६ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविरमा मन्त्रिपरिषद्को बैठक बसेको थियोे ।

खोलाजन्य प्राकृतिक साधन स्रोतको अतिक्रमण र दोहन पनि राष्ट्रिय सरोकारको विषय बनेको छ । यसलाई मध्यनजर गर्दै अतिक्रमणको शिकार बनेको अरूणखोलाको किनारमा नगर कार्यपालिकाको बैठक बसी प्राकृतिक स्रोत साधनलाई पूर्ण संरक्षण गर्ने अभियान शुरुवात्समेत गरेको कार्यालयले जनाएको छ ।

यसैबीच नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मध्यबिन्दु नगरपालिकाले चालू आर्थिक वर्ष २०७४÷७५ मा कूल रु ४० करोड ८५ लाख ८३ हजार बराबर खर्च गर्ने लक्ष्य लिएको छ ।

कार्यालयका अनुसार यस नगरपालिकाको समग्र विकास निर्माणसहित चौतर्फी विकासका लागि सो बजेट खर्च गर्ने लक्ष्य लिइएको हो । चालू आवको हालसम्म कूल रकममध्ये पूँजीगत खर्च १३ दशमलव २४ प्रतिशत र सशर्ततर्फ ७४ दशमलव ६२ प्रतिशत र चालूमा २६ दशमलव ३० प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत सेढार्इंले जानकारी  दिनुभयो ।

विशेषगरी नगरपालिकाको विकास निर्माणसहित चौतर्फी विकासका लागि गुरुयोजना बनाएर कार्य गरिरहेको नगर प्रमुख रानाले जानकारी दिनुभयो  ।

यसैगरी सो नगरपालिकाले देशभर सरसफाइको सन्देश प्रभाव गर्न नवलपरासीको बर्दघाट सुस्ता पूर्वदेखि हेटौँडासम्म क्षेत्रको फोहरमैला उचित र दिगो व्यवस्थापनका लागि महत्वपूर्ण योजना बनाउने तयारी गरेको छ ।

उक्त नगरपालिकाले १५ वटै वडामा शुद्ध खानेपानी विस्तार, सरकारी स्वामित्वका संस्थामार्फत निःशुल्क औषधि उपचार प्रदान गर्ने काम गरिरहेको जनाएको छ ।

नगरपालिकाले नगर क्षेत्रभित्र रहेका खोलामा विद्युतीय माध्यम वा विषादी प्रयोग गरी माछा मार्ने कार्यलाई नियन्त्रण गर्न अभियान चलाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य