२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा ९ हजार ७ सय ९१ किताब ढुवानी हुँदै

३ फाल्गुन २०७४, बिहीबार ०७:४२

टेकबहादुर शाही/फागुन ३, डोल्पा । शैक्षिक सत्र ०७५ का लागि डोल्पा जिल्लामा ९ हजार ७ सय ९१ थान किताब ढुवानी हुने गरिने भएको छ । 

जनक शिक्षा सामाग्री र निजी क्षेत्रले डोल्पा जिल्लाका कक्षा १ देखि १० सम्मका बिद्यार्थीका लागि किताब बितरण गर्ने जिम्मा लिएको जनक शिक्षा सामाग्री क्षेत्रिय प्रमुख रबिन्द्र शर्माले जानकारि दिए ।  


कक्षा १ देखि ५ सम्म निजी क्षेत्रले र कक्षा ६ देखि १० सम्म जनक शिक्षा सामाग्री आफैले जिल्लामा किताब बितरण गर्ने जिम्मा लिएको छ । तर नेपालगञ्जबाट जिल्लाका स्थानीय बिक्रेताले ढुवानी गरेर बिद्यालय सम्म लिने गरेको जिल्ला शिक्षा कार्यालय डोल्पाले जानकारि दिएको छ । 

यस बर्ष डोल्पा जिल्लाको लागि ७ वटा स्थानीय बिक्रेताहरुले जिम्मा लिएका छन । 

यस बर्ष डोल्पा जिल्लामा कक्षा १ देखि ५ सम्म ६ हजार १ सय ४६,कक्षा ६ देखि ८ सम्म २ हजार २ सय १६ त्यसै गरि कक्षा ९ देखि १० सम्म १ हजार ४ सय २९ गरि जम्मा ९ हजार ७ सय ९१ थान किताब जिल्लाका बिद्यालयमा ल्याउनु पर्ने निमित्त जिल्ला शिक्षा अधिकारी सिंहराज डांगीले जानकारि दिए । 


उनका अनुसार जिल्लामा ७ वटा क्षेत्रमा बिभाजन गरि ७ वटा स्थानीय बिक्रेताहरु मार्फत किताव ढुवानी गर्न लागिएको बताए । उनले भने भर्ना अभियानको समयमा नै किताब वालवालीकाको हातमा पर्ने छ ।

जिल्लाको बिभिन्न क्षेत्रका लागि स्थानीय बिक्रेताले नेपालगञ्जबाट कक्षा ६ देखि १० सम्मको किताबहरु जनक शिक्षा सामाग्रीबाट बुझेर ढुवानी गरि सकेको मुड्केचुलाको कालिका र नर्कुमा जिम्मा लिएका स्थानीय बिक्रेता लंक रोकायाले जानकारि दिए । उनका अनुसार निजी क्षेत्रले बितरण गर्ने १ देखि ५ कक्षा सम्मका किताब नदिएको कारण केहि दिन ढिलाइ हुने बताए । उनले भने यस बर्ष छिट्ै किताब बिद्यार्थीको हातमा पुर्याउने छौ ।

निजी क्षेत्रको किताब नेपालगञ्ज सम्म ढुवानी भै सकेको तर स्थानीय बिक्रेताले ढुवानी र कमिसनमा केहि कुरा नमिलेको कारण किताब जिम्मा नलिएको निजीक्षेत्रका क्षेत्रिय प्रमुख राम हिरा पाठककले जानकारि दिए । 

उनका अनुसार मसिनमा घटीघटाउ नहुनेतर यहि बढाउने कुरामा कुरा नमिले निजीले आफै किताब जिल्लाका बिद्यालयमा पुर्याउने बताए । उनले भने कसिमसन घट्दैन तर अघिल्ला बर्षका तुलनामा सहजता हुदै गएकोले कमिसन बढाउन नसकिने बताए ।

जनक शिक्षा र निजीक्षेत्रले नेपालगञ्ज सम्म किताब पुर्याउने र त्यताबाट स्थानीय बिक्रेताले जिल्लाका बिद्यालयमा पुर्याइ प्रधाना ध्यापकबाट प्रमाणित गरे पछि जिल्ला शिक्षा कायाएलयको सिफारिसमा बिक्रेताले भुक्तानी पाउने प्राबधान रहेको जिल्ला शिक्षा कार्यालय डोल्पाले जानकारि दिएको छ । स्थानीय बिक्रेताले मिलेमतो गरेर किताब बिद्यालयमा नल्याइ बाटैमा बितरण गर्ने गुनासो बढेकोले त्यस्तो गर्ने बिक्रेतालाइ निगारिन गरिने जनक शिक्षा सामाग्रीले जानकारि दिएको छ । 


यता स्थानीय बिक्रेताले भने जिल्लाका वालावालीका लागि पुग्ने किताब बिद्यालयमा पर्याउने तर निजी र जनक शिक्षा सामाग्रीले स्थानीय बिक्रेतालाइ कमिसन र ढुवानीमा मारमा पार्ने गरेको स्थानीय बिक्रेता पूर्णप्रसाद न्यौपानेले जानकारि दिए । उनले भने यसरि हरेक बर्ष मर्कामा पारे किताव ढुवानी गर्न कठिन हुने बताए । 

जिल्लामा कक्षा एकका बालवालीकाले एक थानको २ सय ३८ रुपैया र कक्षा १० का वालवालीकाको लागि एक थानको ७ सय ४५ रुपैया तिर्नु पर्ने छ । 

सरकारले निःशुल्क प्रधान गर्ने किताब शैक्षिक सत्र सकिन लाग्दा पनि वालवालीकाको हातमा नपर्ने गरेकोले यस बर्ष डोल्पामा छिट्टै बिताव वालवालीकाको हातमा पर्ने जिल्ला शिक्षा कार्यालयको दावी रहेको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा