२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

जीर्ण काठका विद्युतीय पोल विस्थापित

४ फाल्गुन २०७४, शुक्रबार ०७:३०

फागुन ४, बनेपा | काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका तथा गाउँपालिकामा वर्षौदेखि जीर्ण अवस्थामा रहेका काठको विद्युतीय पोल विस्थापन भएका छन् । 

जिल्लाको नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बेथानचोक गाउँपालिका, भुम्लु गाउँपालिका, धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिकालगायतका स्थानमा विद्युत् चुहावट रोक्नाका साथै दिगो र सुरक्षित बनाउन विद्युत्को फलामे पोल खडा गरिएको नेपाल विद्युत् प्राधिकरण, काभ्रे वितरण केन्द्रका प्रमुख रवीन्द्रकुमार यादवले जानकारी दिनुभयो । 

अहिलेसम्म करिब तीन हजार २०० नयाँ फलामे पोल खडा गरिएको छ । अझै पनि दुर्गम क्षेत्रमा मागअनुसार पोल उपलब्ध गराउन नसकेको यादवको भनाइ छ । जीर्ण अवस्थामा रहेका काठका पोलले विद्युत् लाइन पनि नियमित नभएको र विभिन्न दुर्घटनाको सम्भावना रहेकाले ग्रामीण क्षेत्रका सबै जीर्ण विद्युतीय पोल हटाइने उहाँले बताउनुभयो । 

यसैबीच मण्डनदेउपुर नगरपालिकाले पुस मसान्तसम्मको विद्युत्को बक्यौता रकम भुक्तानी नगरे वा हुक लगाई विद्युत् चोरी गरे कानून बमोजिम कारबाही गर्नाका साथै नगरपालिका र वडाबाट प्राप्त हुने सेवा तथा सुविधामा रोक लगाइने भएको छ । नगरपालिकाका कार्यकारी अधिकृत भीमकान्त शर्माले वडा कार्यालयलाई जानकारीपत्र पठाउँदै विद्युत् लाइन नियमित गर्न सुधार गर्नुपर्ने काम गर्ने, नयाँ ट्रान्सफर्मर राख्नेलगायतका काम गर्नसमेत अनुरोध गरिएको छ । 

वितरण केन्द्रका प्रमुख यादवले अन्य विभिन्न नगरपालिका तथा गाउँपालिकाले पनि विद्युत् चुहावट रोक्न नगरपालिकाबाट नागरिकले पाउने सुविधा कटौती गर्न सम्बन्धित वडा कार्यालयमा पत्राचार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनचेतनाको कमीले अपराध गरेको देखियो, यसको अन्त्य जरुरी छ र यसबाट सरकारलाई राजश्वमा घाटा लागेको छ ।”रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु