२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङका शेर्पा समुदायले मनाए ग्याल्पो ल्होसार

४ फाल्गुन २०७४, शुक्रबार १४:००

चिसाङ शेर्पा | फागुन ४, खोटाङ | खोटाङको विभिन्न स्थानहरुमा बसोवास गर्ने शेर्पा समुदायले २१४५ औं स फो खिलो ग्याल्पो ल्होसार धुमधाका साथ मनाएका छन् । जिल्लाको माथिल्लो क्षेत्रमा बसोबास गर्ने शेर्पाहरुले छेव थांगबोमा घर–घरमा आफन्त, नातागोताहरु भेलाभई मान्यजनहरुबाट आर्शिबाद लिदै ल्होसार मनाएका हुन् ।

ल्होसारको शुरुदिनमा गुम्बामा पुजापाठ गरि छ्याल्दोक बनाई बाँडेर खाने र शुभकामना आदानप्रदान गर्न सकिने धार्मिक मान्यता रहेको रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल मुढेका एनटी शेर्पाले बताए । राज्यले एकदिन ल्होसार मनाए पनि शेर्पा समुदायले १५ दिन मनाउने परम्परा रहेको उहाँले बताउनुभयो ।

गाउँमा धुमधामका साथ एकैदिन भव्यताका साथ ग्याल्पो ल्होसार मनाईएको रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका वडासदस्य ढकराज शेर्पाले बताए । नुनथला गैरीमा दुई ठाउँमा मिठामिठा परिकार, मान्यजनको हातबाट आर्शिबाद र नाचगानका साथमा ल्होसार मनाईएको शेर्पाले समयोजन खवरलाई बताए । यता नगरपालिकाको दिक्तेल मुढेमा भने झुठो परेकाले त्यहाँका शेर्पा समुदायले ल्होसार नमनाएको स्थानियले बताएका छन् ।

यस्तै, जिल्लाको खोटेहाङ गाउँपालिकाको बड्कादियाले, वाफलुखा तथा साकेला गाउँपालिकाको रतन्छा, खिदिमाका शेर्पा समुदायले उल्लासपुर्ण रुपमा ल्होसार मनाएका खोटेहाङ गाउँपालिका–४ बड्कादियालेका स्थानिय मिनिका शेर्पाले बताउनुभयो । दिक्तेल, चिउरीडाडाँ, हलेसी, भुल्के, ऐसेलुखर्कका समुदायले समेत ल्होसार मनाएका छन् ।

शेर्पा समुदायले आजबाट चरा वर्षको विदाइ गरी कुकुर वर्षलाई स्वागत गरेका छन् । बिहानै उठेर धाराको पानी थाप्ने र देवीदेवतालाइ चढाएर साङसेरकेम गरेर पुण्य प्राप्ति हुने बिश्वासका साथमा प्रत्येक बर्ष शेर्पा समुदायले ल्होसार मनाउने गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो