३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

इन्धन अभाव भए बुकिङ्ग टिकट जुनसुकै बेला रद्द हुन सक्ने

१८ आश्विन २०७२, सोमबार २१:२५

योगेन्द्र योगी/असोज १९, संखुवासभा । दसैमा घर जादै
हुनुहुन्छ ? हवाइ टिकट पनि बुकिङ्ग छ भने ढुक्क नहुनु होस्, बिमान कम्पनीहरुले जुनसुकै बेला तपाईहरुको
टिकट रद्द गर्न सक्छन् या उडान नै रद्द हुन्छन् ।

दसैंका लागि
आन्तरिक वायुसेवाका उडानको टिकट बुकिङ ८५ देखि ९० प्रतिशतसम्म सकिएको छ।तराई बन्द र भारतले लगाएको
नाकाबन्दीका कारण सडक यातायातको दसैंलाई टिकट बुकिङ अनिश्चित भएपछि यसवर्ष हवाई यात्रुको चाप बढेको हो ।
संखुवासभाको तुम्लिङ्गटार बिमानस्थलमा यात्रुको चाप अत्याधिक मात्रामा बढेको पाइएको छ भने दशैंका लागि
तुम्लिङ्गटार भएर जाने यात्रुका लागि सबै टिकट सकिएको छ ।

बुद्ध, यति तथा गोमा एयरले उडान भरी रहेको तुम्लिङ्गटारमा दशैं पछि मंसिर सम्मको लागि टिकट
सकिएको स्थानीयको भनाइ छ । तर, अहिलेको यो नाकाबन्दी कायम रहेमा आन्तरिक वायुसेवा कम्पनीले दसैंका लागि
सस्तो भाडादरमा उडान नगर्ने गरी नर्मल भाडादरमा मात्रै बुकिङ लिएका भए पनि इन्धनको आपूर्ति सहज नभएको
कारण उडान अझै निश्चित भएको ब्यबसायीले बताएका छन् ।

‘दसैंका
लागि सबैजसो गन्तव्यको उडान बुकिङ प्याक भैसकेको छ’, बुद्ध एयरका निर्देशक रुपेश जोशीले भने, ‘इन्धन
आपूर्ति सहज नभएका कारण ग्राउन्ड सपोर्टका साधन सञ्चालन नै रोकिने अवस्थामा पुगिसकेकोले पनि जुनसुकै
बेला हवाई उडान रद्दको सूचना जारी हुन सक्छ ।

तराई बन्द र
भारतले लगाएको नाकाबन्दीका कारण सडक यातायातको दसैंलाई टिकट बुकिङ अनिश्चित भएपछि यस वर्ष तुम्लिङ्गटार
लगायत देशै भरी हवाई यात्रुको चाप बढेको हो ।

संखुवासभा
जिल्लाको तुम्लिङ्गटार बिमानस्थलमा यात्रुको चाप बढे पछि अब केही दिनमा नै गोमा एयरलाइन्सले दैनिक २
पल्ट उडान गर्ने जनाएको छ । इन्धन अभावले सवारीसाधन, होटेलदेखि वायुसेवासम्म प्रभावित हुन थालिसकेका छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली