2026-07-25 12:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सहकारी शिक्षा तथा डढेलो नियन्त्रणका लागि गोष्ठी सम्पन्न

सन्तोषकुमार गुप्ता/फागुन २२, भालुवाङ् । घण्टदेव सामुदायिक वन उपभोक्ता समूह मसरियाका कार्य समितीका पद्धाधिकारी, सल्लाहकार तथा उपभोक्ताहरुका लागि एक दिने डढेलो नियन्त्रण तथा सहकारी शिक्षा सम्बन्धी कार्यशाला गोष्ठी शनिबार मसुरियामा सम्पन्न भएको छ ।

नर्ती सामुदायिक वन समन्वय समिती लमही र नर्ती सामुदायिक वन वन वातावरण बहुउद्देश्यीय सहकारी संस्था लमहीको आयोजना एवम् तराई भु—परीधि कार्यक्रम ताल बाँकेको आर्थिक सहयोगमा भएको गोष्ठीमा आगलागीका कारण, नियन्त्रणका उपाय, सचेतना कार्यक्रम, आगो निभाउँदा ध्यान दिनु पर्ने कुरा, सुचना प्रदान, सहकारी संस्थाको आवश्यकता, महत्व, समाज तथा व्यक्तिमा पारेको प्रभाव लगायतका बिषयमा जानकारी गराउनुका साथै सहभागीहरु संग आगलागी हुनै नदिनका तथा सहकारी संस्थामा आवद्ध हुन तथा लाभ लिनका लागि छलफल समेत गरिएको थियो ।

गोष्ठीमा समूहका कार्य समितीका पद्धाधिकारी, सल्लाहकार तथा उपभोक्ताहरु गरी ३५ जना महिला पुरुषको सहभागिता रहेको थियो । गोष्ठीको सहर्जकर्तामा नर्ती सामुदायिक वन समन्वय समिती सचिव तथा डढेलो नियन्त्रण कार्यक्रमकी सदस्य तारा घिमिरे, नर्ती सामुदायिक वन वन वातावरण बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष जीवलाल खनाल र व्यवस्थापक गणेश चौधरी रहेका थिए ।

समूहका अध्यक्ष धर्मराज अधिकारीको अध्यक्षतामा भएको गाष्ठीमा भएको सहजीृकरण समूहका कार्यालय सचिव मुक्तबहादुर केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक