2026-09-19 09:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

नारी दिवसमा सहभागी हुन आउँदै गर्दा ट्याक्टरको ठक्करबाट बृद्धको मृत्यु  

khanal desthसन्तोषकुमार गुप्ता/फागुन २५, भालुवाङ । टेक्टरको ठक्करबाट देउखुरीको लालमटिया—८ मसुरियामा आज बिहान एक महिलाको घटना स्थलमै ज्यान गएको छ ।

लालमटियाको मसुरियामा आयोजित नारी दिवसमा सहभागी हुन आउँदै गर्दा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको लु २ त १७५३ नम्बरको टेक्टरको ठक्करबाट बिहान ११ बजे लालमटिया—५ मौरीघाट निवासी बर्ष ६९ की शोभादेवी खनालको घटनास्थलमै ज्यान गएको हो ।

ठक्कर दिने टेक्टर र चालकलाई ईलाका प्रहरी कार्यालय भालुवाङ्गले आफ्नो नियन्त्रणमा लिएको छ । मृतक खनालको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा पठाइएको ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मदन केसीले जानकारी दिए ।

१०६ औँ नारी दिवसमा सहभागी हुन आउनु भएका शोभादेवी खनालको कार्यक्रम स्थल मसुरियामा टेक्टरको ठक्करबाट घटना स्थलमै ज्यान गएका भन्दै आज कार्यक्रम नै स्थगित गरिएको छ ।

नारी दिवसमा नारीको नै मृत्यु भयो त्यसैले उहाँको शोकमा यस बर्षको नारी दिवस नमाउने गरी स्थगित गरिएको लालमटिया गाविस स्तरिय महिला सञ्जालकी अध्यक्ष सरस्वती पोख्रेलले जानकारी दिए ।

कार्यक्रममा लालमटिया गाविस भरिका ५ सय बढी महिलाहरु आएको भए पनि खनालको मृत्यु पछि कार्यक्रम स्थगित भए पछि घर फर्केर गएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई