ताराबहादुर महत । फागुन ५, दोलखा । गौरीशंकर संरक्षण क्षेत्रबाट वन्यजन्तु मृग तस्करी गर्ने सात जना युवालाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का दावाछिरीङ शेर्पा, जगदिश शिवाकोटी,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । फागुन ५, दोलखा । गौरीशंकर संरक्षण क्षेत्रबाट वन्यजन्तु मृग तस्करी गर्ने सात जना युवालाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का दावाछिरीङ शेर्पा, जगदिश शिवाकोटी,"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

गौरीशंकर संरक्षण क्षेत्रबाट मृग तस्करीमा संलग्न सात युवा पक्राउ

५ फाल्गुन २०७४, शनिबार १४:३९

ताराबहादुर महत । फागुन ५, दोलखा । गौरीशंकर संरक्षण क्षेत्रबाट वन्यजन्तु मृग तस्करी गर्ने सात जना युवालाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का दावाछिरीङ शेर्पा, जगदिश शिवाकोटी, खुमप्रसाद शिवाकोटी तथा वडा नम्बर ७ का रमेश श्रेष्ठ र कुमार श्रेष्ठ रहेका छन । त्यसैगरी भिमेश्वर नगरपालिका वडा नम्बर ५ का विकी दास र रुपक बुढाथोकी पनि पक्राउ परेको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक रमेश प्रधानले जानकारी दिनुभयो । पक्राउ परेकाहरु १७ देखि ३२ बर्ष उमेरसमुहका युवाहरु रहेका छन ।

गत मंगलबार राति विगु गाउँपालिका वडा नम्बर १ गोँगरबाट सिँगटी आउँदै गरेको बा ४ ख २१६ नम्बरको ट्रकमा खैरो रङको दुई सिङ्गे जिउँदो मृग लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय सिँगटीको प्रहरी टोलिले उनीहरुलाई मृगसहित पक्राउ गरेको जनाएको छ ।

आवश्यक कारबाहीका लागि मृगसहित पक्राउ परेका व्यक्तिहरुलाई गौरीशंकर संरक्षण क्षेत्रको कार्यालय दोलखामा बुझाईएको प्रहरी निरिक्षक प्रधानको भनाई छ । प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्तहरुले सिँगटी लामाबगर सडकखण्ड अन्र्तगत भोर्लेको भिरमा बाटोमा बसीरहेको मृग भेटेपछि समातेर ल्याएको बताएका प्रहरीको भनाई छ । घटनाको चार दिनपछि शनिबार प्रहरीले घटना सार्वजनिक गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही