पढ्न करिब 1 मिनेट लाग्छ

फागुन ६, चितवन | चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ जलविरेमा पिसाब फेर्न गएका एक यात्रुको लडेर मृत्यु भएको छ ।

नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत जलविरेमा गाडी रोकेर पिसाब फेर्न सडक छेउ पुगेका तनहुँ भानु नगरपालिका — ३ का ५५ वर्षीय विष्णु जोशीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटना गएराति ९:२५ बजेको हो । उनी लडेर भीरमा खसेका थिए । भीरको बीचमा अड्किएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । शवलाई राति नै निकालिएको प्रहरीले जनाएको छ ।

ग१ख ४१५५ नम्बरको बसमा स्थानीयहरु लुम्बिनीमा पिकनिक खाएर फर्कने क्रममा सो घटना भएको हो ।

शसस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली र नेपाल प्रहरीको संयुक्त टोलीले राति नै शव निकालेर परीक्षणका लागि तनहुँ पठाइएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । रासस