2026-07-25 01:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङ्ग खानेपानी तथा सरसफाई समितीको चुनाव स्थगित

सन्तोषकुमार गुप्ता, चैत ४, भालुवाङ्ग / भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समिती भालुवाङ्गको सम्पन्न चौथो बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको बन्द सत्रमा नयाँ नेतृत्व चयनका लागि सहमति हुन नसके पछि चैत ७ गते गर्ने भनिएको निर्वाचन स्थगित गरिएको छ ।
राजनितिकदल, उपभोक्ता तथा सरोकारवाला निकायबाट सके सम्म सहमतिबाट नयाँ कार्य समिती बनाउन केही दिनका लागि समय माग गरे पछि र निर्वाचनको सम्पूर्ण तयारी पुरा नभएको भन्दै आर्को सुचना प्रकाशन नहुन्जेल सम्मका लागि सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगित गरिएको निर्वाचन समितीका संयोजक कुमालले जानकारी दिए । चैत ७ गते निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयनका गर्ने गरी यस अघि नै प्रकाशित निर्वाचन तालिका सबैको आग्रह र सल्लाहबाट निर्वाचन प्रक्रिया स्थगित गरिएको संयोजक कुमालले बताए ।

सहमतिका लागि लालमटियामा त्रियाशिल राजनितिक दलका प्रमुखहरु साधारणसभा सम्पन्न पछि लगातार छलफलमा जुटेका छन् । राप्ती उद्योग बाणिज्य संघ भालुवाङ्गको पनि चैतमा हुन गईरहेको अधिवेशनका लागि पनि एक चोटी सहमतिको प्रयास खोज्दा अलि कति लामो समय चाहिएको नेकपा एमालेका लालमटिया गाउँ पार्टी अध्यक्ष शोभाखर भुसालले जानकारी दिए । उद्योग बाणिज्य संघ र खानेपानीमा कुन पार्टीको कसलाई नेतृत्व दिने बिषयमा राजनितिक सहमति सहमति हुन नसकेको भुसालले बताए ।

यता एकिकृत नेकपा माओवादीले भने खानेपानी समितीका काँग्रेसले नेतृत्व गरी सकेकाले तथा पदीय एवम् बिगतमा नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र अन्य दलहरु संग भएको भद्र सहमतिका अधारमा पनि भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीको नेतृत्व आफूहरुले गर्न पाउनु पर्ने माग राख्दै आएका छन् । ती दलहरु राप्ती उद्योग बाणिज्य संघको अध्यक्षमा राष्ट्रिय जनमोर्चा, ऐरावती आर्दश बहुमुखी क्याम्पस सञ्चालक समितीको अध्यक्षमा नेकपा एमाले र खानेपानीको अध्यक्षमा एकिकृत नेकपा माओवादीलाई दिने गरी मौखिक भद्र सहमति भएकोले नैतिकताका हिसाबमा पनि हाम्रो नेतृत्वमा सर्व सम्मत नयाँ कार्य बन्नु पर्ने एकिकृत नेकपा माओवादी लालमटिया गाउँ पार्टी अध्यक्ष धर्मराज अधिकारीले बताए । अन्यथा एकल प्यानल बनाएर भए पनि चुनावी प्रक्रियामा जाने अधिकारीले चेतावनी समेत दिए ।
यता राष्ट्रिय जनमोर्चाले भने सहमतिको प्रयास भईरहेको जानकारी दिएको छ । राष्ट्रिय जनमोचा क्षेत्र नम्बर २ का इन्चार्ज होमप्रसाद शर्माका अनुसार सबै दलहरु कुनै पनि हालतमा सहमतिकै साधारणमा नयाँ कार्य समिती बनाउने सहमति भएको जानकारी दिए । बिगतमा एमाले, एमाओवादी, राष्ट्रिय जनमोर्चा र अन्य दलहरु संग भद्र सहमति भएको स्वीकार गदै त्यसो कुनै पालन नै नभएको बताउँदै शर्माले एमाओवादीले भने जस्तो भद्र सहमतिको लागु नभएको कारण अहिलेको अवस्थामा उक्त भद्र सहमतिको कुनै अर्थ नरहेको शर्माको भनाई छ । बिगतमा राप्ती उद्योग बाणिज्य संघको निर्वाचनमा राष्ट्रिय जनमोचाको नेतृत्वमा सयुक्त प्यानल बनाएर चुनावमा जाँदा अध्यक्ष जगतप्रसाद पोख्रेललाई हराएर सोही प्यानल कै बाँकी उम्मेद्धार बिजय गराउन कुनै भद्र सहमति हुन्छ र शर्माले भने ।

हामीलाई हराएर अहिले पूर्व सहमतिको कुरा गर्नुको कुनै अर्थ नरहेको शर्माको भनाई छ । यता दलहरु बीच सोमबार भएको छलफलमा नुमानन्द सुवेदीको नेतृत्वमा नयाँ कार्य समिती सर्वसम्मत बनाउने गरी प्रस्ताव गरिए पनि एमाओवादीले पुन काँग्रेसको नेतृत्वमा कुनै पनि हालतमा सहमति हुन नसक्ने बताए पछि त्यो दिनको छलफल निष्कर्ष बिहिन बन्न पुगेको थियो । त्यसपछि पुन बुधबार भएको छलफलमा पदमप्रसाद रिजालको नेतृत्वमा नयाँ कार्य समिती सर्वसम्मत बनाउने गरी प्रस्ताव गरिएको एमाओवादी बाहेक अन्य दलले कुनै प्रतिक्रिया नदिए पछि आ—आफ्नो दल भित्र आन्तरिक छलफल गरी पुन बैठक बस्ने गरी छलफल स्थगित गरिएको नेकपा एमालेका लालमटिया गाउँ पार्टी अध्यक्ष शोभाखर भुसालले जानकारी दिए ।

यता सहमति नभए नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेस, एनेकपा माओवादी र राष्ट्रिय जनमोर्चाले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा जाने बताएका छन् । अहिले सम्म अध्यक्ष पदका लागि नेपाली काँग्रेसबाट हस्तबहादुर गुरुङ्ग, एनेकपा माओवादीबाट टोपबहादुर कार्की र राष्ट्रिय जनमोर्चाबाट होमप्रसाद शर्मा र टंकप्रसाद शर्माको नाम चर्चामा छ, तर अहिले सम्म कुनै दलले पनि आधिकारिक रुपमा आफ्नो उम्मेद्धारी घोषणा भने गरेका छैनन् । भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीमा हाल सम्म कुल उपभोक्ता घरधुरी मतदाता ९ सय ५५ रहेको निर्वाचन समितीको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ