2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

तातोपानी कुण्डको आम्दानीबाट शिक्षकलाई तलब

फागुन ६, म्याग्दी | म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीस्थित तातोपानी कुण्डको आम्दानी यहाँको सरस्वती माविका शिक्षक÷शिक्षिकालाई तलबमा खर्च हुँदै आएको छ । 

प्राकृतिक चिकित्सालयको रुपमा परिचित म्याग्दी नदीको किनारमा रहेको सो कुण्डमा बिरामीले स्नान गरे वापत लिइने शुल्कले शिक्षकको तलब, भौतिक पूर्वाधारलगायत विभिन्न शैक्षिक गतिविधिमा खर्च गर्ने गरिएको हो । 

समुदायको सक्रियतामा स्थापना भएको विद्यालयमा आधारभूत र माध्यामिक तहका शिक्षकलाई वार्षिक रु १६ लाख तलब सुविधामा खर्च गर्ने गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो । 

‘तातोपानीको कमाईको ठूलो हिस्सा शैक्षिक क्षेत्रमा खर्च गर्ने गरिएको छ, गुणस्तरीय शिक्षाका लागि तलब बाहेक अन्य शिर्षकमा पनि खर्च गर्ने गरेका छौ’ शाक्यले भन्नुभयो । 

उहाँले सो विद्यालयमा अध्ययनरत् ३०५ जना विद्यार्थीका लागि निजी स्रोतका १० जना शिक्षकको तलबभत्ता २०६६ सालदेखि निरन्तर रुपमा कुण्डको सहयोगमा खुवाउँदै आएको जानकारी दिनुभयो । 

शिक्षकको तलबभत्ता वाहेक खेलकुद मैदान खरिदमा रु २३ लाख र भवन निर्माणमा समेत कुण्डले सहयोग गरेको प्रधानाध्यापक सुरतबहादुर बानियाँले बताउनुभयो । ‘मावि तहमा सरकारी दरबन्दी छैन, कुण्डको सहयोगले नै अहिलेसम्म विद्यालय सञ्चालन गर्न सहज भएको छ’ प्रअ बानियाँले भन्नुभयो ।

विद्यालयलाई तातोपानी कुण्ड वरदान सावित भएको छ’ प्रअ बानियाँले भन्नुभयो । भविष्यमा थप भौतिक पूर्वाधार विस्तार, दश जोड दुई कक्षा सञ्चालन लगायतका योजनामासमेत कुण्डबाट सहयोगको प्रतिबद्धता रहेको उहाँले बताउनुभयो । राक्से, तातोपानी, पखेर, सिमलचौरलगायत आसपासका क्षेत्रका विद्यार्थी अध्ययनरत् सो विद्यालय जिल्ला सदरमुकाम बाहिर समुदायको आम्दानीले सञ्चालनमा रहेको नमूना विद्यालयको रुपमा समेत चिनिन्छ । 

जमिन मुनिबाट बिरेनूनको गन्धसहित ५० डिग्री तापक्रमको पानी संकलन गरिएको तलाउमा स्नान गरेर बाथ, चोटपटक लागेको, ग्यास्ट्रीक, गानोगोलालगायत विभिन्न रोग निको हुने जनविश्वास छ । ती रोगबाट ग्रसित नेपालका साथै भारत र जापानबाट समेत नियमित स्नान गर्न बिरामीहरु यो कुण्डमा आउने गरेका छन् । यहाँ वर्षेनी २० हजार जनाले स्नान गर्ने गरेका कुण्ड व्यवस्थापन समितिले जनाएको छ । 

विद्यालयलाई बेल्जियमबाट रु १५ लाख सहयोग 

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा समुदायको सक्रियतामा निर्माणधीन अवस्थामा रहेको जयन्ती माविको भवनलाई बेल्जियमको एक संस्थाले रु १५ लाख आर्थिक सहयोग गरेको छ । 

जीर्ण अवस्थामा रहेको भवन विस्थापित गरी समुदायबाट चन्दा र जिल्ला शिक्षा कार्यालयको सहयोगबाट दुई वर्ष अगाडि शुरु भएको भवन निर्माणमा बेल्जियममा सञ्चालित हिमालयन प्रोजेक्टका पाउल भान्द्रेले अन्नपूर्ण गाउँपालिका–६ दीपक पुनमार्फत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् बेनपा–३ का वडाअध्यक्ष पद्म पुनलाई रु १५ लाख नगद हस्तान्तरण गर्नुभयो । 

विद्यालयको भवन जीर्ण हुँदा शिक्षक, विद्यार्थीको ज्यान नै जोखिममा परेपछि गाउँका विपन्न परिवारले जनश्रमदान र अन्नबाली बेचेरसमेत भवनका लागि सहयोग जुटाएका थिए । 

‘आफ्नो गाँस काटेरसमेत भवनमा सहयोग जुटाइरहेका छौँ, गाउँदेखि विश्वभर रहेका भकिम्लीवासीको सक्रियताले सहज भएको छ’ विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले भन्नुभयो । 

भौतिक संरचनाको अभावले शैक्षिक गतिविधिमा समेत प्रत्यक्ष असर गरेकाले संरचना निर्माणको क्रममा खुल्लाचौरमा टहरा हालेर प्राविदेखि माविसम्मको कक्षा सञ्चालन भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई