२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

तातोपानी कुण्डको आम्दानीबाट शिक्षकलाई तलब

६ फाल्गुन २०७४, आईतवार ०६:५४

फागुन ६, म्याग्दी | म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीस्थित तातोपानी कुण्डको आम्दानी यहाँको सरस्वती माविका शिक्षक÷शिक्षिकालाई तलबमा खर्च हुँदै आएको छ । 

प्राकृतिक चिकित्सालयको रुपमा परिचित म्याग्दी नदीको किनारमा रहेको सो कुण्डमा बिरामीले स्नान गरे वापत लिइने शुल्कले शिक्षकको तलब, भौतिक पूर्वाधारलगायत विभिन्न शैक्षिक गतिविधिमा खर्च गर्ने गरिएको हो । 

समुदायको सक्रियतामा स्थापना भएको विद्यालयमा आधारभूत र माध्यामिक तहका शिक्षकलाई वार्षिक रु १६ लाख तलब सुविधामा खर्च गर्ने गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो । 

‘तातोपानीको कमाईको ठूलो हिस्सा शैक्षिक क्षेत्रमा खर्च गर्ने गरिएको छ, गुणस्तरीय शिक्षाका लागि तलब बाहेक अन्य शिर्षकमा पनि खर्च गर्ने गरेका छौ’ शाक्यले भन्नुभयो । 

उहाँले सो विद्यालयमा अध्ययनरत् ३०५ जना विद्यार्थीका लागि निजी स्रोतका १० जना शिक्षकको तलबभत्ता २०६६ सालदेखि निरन्तर रुपमा कुण्डको सहयोगमा खुवाउँदै आएको जानकारी दिनुभयो । 

शिक्षकको तलबभत्ता वाहेक खेलकुद मैदान खरिदमा रु २३ लाख र भवन निर्माणमा समेत कुण्डले सहयोग गरेको प्रधानाध्यापक सुरतबहादुर बानियाँले बताउनुभयो । ‘मावि तहमा सरकारी दरबन्दी छैन, कुण्डको सहयोगले नै अहिलेसम्म विद्यालय सञ्चालन गर्न सहज भएको छ’ प्रअ बानियाँले भन्नुभयो ।

विद्यालयलाई तातोपानी कुण्ड वरदान सावित भएको छ’ प्रअ बानियाँले भन्नुभयो । भविष्यमा थप भौतिक पूर्वाधार विस्तार, दश जोड दुई कक्षा सञ्चालन लगायतका योजनामासमेत कुण्डबाट सहयोगको प्रतिबद्धता रहेको उहाँले बताउनुभयो । राक्से, तातोपानी, पखेर, सिमलचौरलगायत आसपासका क्षेत्रका विद्यार्थी अध्ययनरत् सो विद्यालय जिल्ला सदरमुकाम बाहिर समुदायको आम्दानीले सञ्चालनमा रहेको नमूना विद्यालयको रुपमा समेत चिनिन्छ । 

जमिन मुनिबाट बिरेनूनको गन्धसहित ५० डिग्री तापक्रमको पानी संकलन गरिएको तलाउमा स्नान गरेर बाथ, चोटपटक लागेको, ग्यास्ट्रीक, गानोगोलालगायत विभिन्न रोग निको हुने जनविश्वास छ । ती रोगबाट ग्रसित नेपालका साथै भारत र जापानबाट समेत नियमित स्नान गर्न बिरामीहरु यो कुण्डमा आउने गरेका छन् । यहाँ वर्षेनी २० हजार जनाले स्नान गर्ने गरेका कुण्ड व्यवस्थापन समितिले जनाएको छ । 

विद्यालयलाई बेल्जियमबाट रु १५ लाख सहयोग 

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा समुदायको सक्रियतामा निर्माणधीन अवस्थामा रहेको जयन्ती माविको भवनलाई बेल्जियमको एक संस्थाले रु १५ लाख आर्थिक सहयोग गरेको छ । 

जीर्ण अवस्थामा रहेको भवन विस्थापित गरी समुदायबाट चन्दा र जिल्ला शिक्षा कार्यालयको सहयोगबाट दुई वर्ष अगाडि शुरु भएको भवन निर्माणमा बेल्जियममा सञ्चालित हिमालयन प्रोजेक्टका पाउल भान्द्रेले अन्नपूर्ण गाउँपालिका–६ दीपक पुनमार्फत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् बेनपा–३ का वडाअध्यक्ष पद्म पुनलाई रु १५ लाख नगद हस्तान्तरण गर्नुभयो । 

विद्यालयको भवन जीर्ण हुँदा शिक्षक, विद्यार्थीको ज्यान नै जोखिममा परेपछि गाउँका विपन्न परिवारले जनश्रमदान र अन्नबाली बेचेरसमेत भवनका लागि सहयोग जुटाएका थिए । 

‘आफ्नो गाँस काटेरसमेत भवनमा सहयोग जुटाइरहेका छौँ, गाउँदेखि विश्वभर रहेका भकिम्लीवासीको सक्रियताले सहज भएको छ’ विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले भन्नुभयो । 

भौतिक संरचनाको अभावले शैक्षिक गतिविधिमा समेत प्रत्यक्ष असर गरेकाले संरचना निर्माणको क्रममा खुल्लाचौरमा टहरा हालेर प्राविदेखि माविसम्मको कक्षा सञ्चालन भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने