2026-08-26 01:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको समिक्षालय हल बाहिरको शौचालय अब्यवस्थित

चिसाङ शेर्पा | फागुन ६, खोटाङ | जिल्ला समन्वय समितिको पुरानो हलको बाहिर रहेको शौचालय अब्यवस्थित बनेको छ । जिल्लाका सरकारी कार्यालय, विभिन्न संघसस्थाले राजनीतिक, सांगितिक कार्यक्रम गर्नका लागि प्रयोग गरिने हलको शौचालय अव्यवस्थित बन्दा कार्यक्रममा आएका अतिथि तथा सहभागीलाई शौचालय प्रयोग गर्न समस्या भएको छ ।

जिल्लामा प्रायः भईरहने कार्यक्रमहरु समिक्षालय हलमा नै हुने गरेको छ । तर, समन्वय समितिको शौचालय डुङडुङती गनाउने गरेको छ । शौचालय अत्याधिक गन्हाउने, ढोका र शौच गर्नका लागि बनाईएका भौतिक संरचनाहरु समेत अब्यवस्थित हुंदै गएका छन् । मुख्यतः शौचालयमा पानिकै समस्या भएको देखिन्छ ।

जिल्ला समन्वय समितिको समिक्षाहललाई घेराबार गरिएको काँडेतार भत्केका र चुंडेका छन् । चुंडिएका घेराबारका नजिक रहेको शौचालयमा हाल हलमा कार्यक्रम हुनुको अन्य दिनमा समेत अन्यले प्रयोग गर्ने गर्दा अब्यवस्थि बनेको हो ।

दुईकोठे शौचालयको पुरुषले प्रयोग गर्ने शौचालयभित्र हाल तीनचार वटा ढुंगा, पान पराग खाई थुक्ने, फाल्ने ठाउँ भएको छ । त्यही भएको शौचालय प्रयोग गर्नका लागि पनि टेलिफोनको तार, छेकबारको तारहरु लतारिएको छ । समिक्षालय हलमा दुई स्थानमा शौचालय छ । हलभित्र रहेको शौचालय भने जसोतसो प्रयोग गर्न लायक रहेको छ ।  

जिल्ला समन्वय समिति संयोजक बबि चाम्लिङका अनुसार आफ्नो मातहतमा भएको भौतिक संरचनामा जथाभावी हुंदा जिम्मेवारी लिनैपर्ने बताउदै जिल्ला समन्वय अधिकारी राजन कुमार बिसिलाई उक्त समस्या समाधान गर्न तत्काल निर्देशन दिने बताए ।

कार्यक्रमका लागि हल प्रयोग गर्ने संघसंस्थाहरुले सरसफाई गरीदिए सबै कुराको जतन हुने राईले बताए । आगामी दिनमा हल प्रयोग गर्ने जो कोहीले भौतिक संरचना तथा अन्य स्थानमा फोहोर गर्न नपाईने उहाँको भनाई छ ।  

माथिको तश्विरमा: समिक्षालय हलको अब्यवस्थित शौचालय ? तस्बिर: चिसाङ शेर्पा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो