२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङ्ग खानेपानीका उम्मेद्धारलाई चुनाव चिन्ह प्रदान

२०७२, १२ चैत्र शुक्रबार ११:४७

सन्तोषकुमार गुप्ता, चैत्र १२, भालुवाङ्ग । भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीको चैत १५ गते हुने निर्वाचन अन्र्तगत उम्मेद्धारलाई शुक्रबार चुनाव चिन्ह प्रदान गरिएको छ । प्रकाशित निर्वाचन तालिका अनुसार नयाँ नेतृत्वका लागि दुई वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनमा अध्यक्ष हस्तबहादुर गुरुङ्गको सयुक्त उपभोक्ता प्यानल र अध्यक्ष टोपबहादुर कार्कीको संयुक्त बामपन्थी प्यानल चुनावी मैदानमा रहेको निर्वाचन समितीका संयोजक मानबहादुर कुमालले जानकारी दिए ।

khane pani
यसैबीच शुक्रबार ती दुबै प्यानलका उम्मेद्धारलाई चुनाव चिन्ह प्रदान संगै चुनावी प्रचार प्रसारमा लागेका छन् । जस अनुसार नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाको सयुक्त उपभोक्ता प्यानलका अध्यक्ष हस्तबहादुर गुरुङ्गलाई माछा, उपाध्यक्ष प्रकाश बस्नेतलाई हाँस, सचिव बाबुराम थापालाई हात्ती र कोषाध्यक्ष चन्द्रप्रकाश आचार्यलाई छाता चुनाव चिन्ह प्रदान गरेको छ । त्यस्तै महिला सदस्यहरु हुमीकुमारी राना भाले, शारदाकुमारी केसी घर , ऋषिराम बस्नेत ग्रागी, किशोरकुमार जिसी केरा, नेत्रप्रसाद बेल्बासे लालमटिन, रामलाल कालाथोकी कुर्सी र आत्माराम पोख्रेल हवाईजहाज चुनाव चिन्ह प्रदान गरेको निर्वाचन समितीले जनाएको छ ।

त्यस्तै एकिकृत नेकपा माओवादी, नेकपा एमाले, बैद्ध माओवादी र बिप्लब माओवादी रहेको संयुक्त बामपन्थी प्यानलका अध्यक्ष टोपबहादुर कार्कीलाई माछा, उपाध्यक्ष गिरबहादुर घर्तीलाई मादल, सचिव मञ्जुर मियाँलाई साईकल र कोषाध्यक्ष अनन्तराज पौडेललाई चश्मा चुनाव चिन्ह प्रदान गरेको छ । त्यस्तै महिला सदस्य कमला तामाङ्ग साँचो, मिनाकुमारी जैसी कार, सदस्यहरु प्रेमप्रसाद सुवेदी बाघ, भिमलाल न्यौपाने कैची, ऋषिराम पौडेल घडी, गंगा गिरी मग र बिमल शर्मा ज्ञवाली दियो चुवाव चिन्ह प्रदान गरेको निर्वाचन समितीका संयोजक कुमालले ले जानकारी दिए ।

यता नयाँ कार्य समितीका लागि दिएका उम्मेद्धार मध्ये तीन जनाले शुक्रबार आफ्नो उम्मेद्धारी फिर्ता लिएका छन् । बामताल मेलामा नेकपा एमाले पनि सहभागी भए पछि निर्वाचन तालिक अनुसार संयुक्त बामपन्थी प्यानलका कोषाध्यक्ष नारायणप्रसाद शर्मा र सदस्य अमृता पुनमगर आफ्नो उम्मेद्धारी फिर्ता लिएका हुन् । त्यस्तै एक जना कोषाध्यक्ष पदका स्वतन्त्रण उम्मेद्धार केशवप्रसाद बोहारा पनि आफ्नो उम्मेद्धारी फिर्ता लिएको निर्वाचन समितीले जनाएको छ । बिहिबार नेकपा एमालेबाट कोषाध्यक्ष पदका लागि अनन्तराज पौडेल र सदस्य पदका लागि बिमल शर्माले उम्मेद्धारी दर्ता गराएका थिए ।

यता उम्मेद्धारलाई चुनाव चिन्ह प्रदान संगै भालुवाङ्गमा चुनावी चहलपहल बढ्नुका साथै दुबै प्यानलका उम्मेद्धारहरु चुनावी प्रचार—प्रसारमा लागेका छन् । भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीमा हाल सम्म कुल उपभोक्ता घरधुरी मतदाता ९ सय ५५ रहेको निर्वाचन समितीको कार्यालयले जनाएको छ । निर्वाचन चैत १५ गते बिहान ८बजे देखि साँझा ५ बजे सम्म मतदान र मतदान पछि मतगणा शुरु गर्ने तथा सोही दिन नै मतपरिणाम संगै बिजय उम्मेद्धार घोषणा गरिने निर्वाचन समितीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट