२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुमा सडक अबरुद्ध हुँदा व्यापारिक सामान बोकेका गाडी बाटोमै

६ फाल्गुन २०७४, आईतवार १५:४०

फागुन ४, मुगु | माघको अन्तिम साता भएको भारी हिमपातका कारण गमगढी नाग्म सडक खण्ड अबरुद्ध हुँदा मुगु देखि सुर्खेत नेपालगञ्ज र सुर्खेत नेपालगञ्ज देखि मुगु आवत जावत गर्ने यात्रु वाहक तथा मालबाहक गाडीहरु विच बाटोमा नै रोकिएका छन ।

माघ २८ गते देखि फागुन एक गतेसम्म भएको लगातारको हिमपातले गमगढी नाग्म सडक खण्ड अन्र्तगत सिंजाको बोता मालिका, भुलभुले र मुगुको घुच्ची लेकमा सडक अवरुद्ध भए पछि दर्जनौ मालबाहक तथा यात्रु बाहक गाडी बिच बाटोमा नै रोकिएको मुगु उद्योग बाणिज्य संघका अध्यक्ष कमल बुढाले बताए । हिमपातले सडक यातायात अबरुद्ध भए पछि बजारमा कालो बजारी, महंगी तथा दैनिक उपभोग्य बस्तुको कृतिम अभाव हुन नदिन बाणिज्य संघ सजग रहेको बुढाले बताए ।

 हिमपातका कारण सडक अबरुद्ध हुँदा मालबाहक तथा यात्रु वाहक गाडी चल्न नसके पछि सडक डिभिजन कार्यालय जुम्लामा बुझ्दा हिउँले अबरुद्ध सडक खुलाउनका लागि डोजर चलाउने चालक नभएको र तत्काल चालकको व्यवस्था गरि बाटो खुलाउने तयारी भईरहेको जानकारी पाएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहन केसीले जानकारी दिए । डिभिजन कार्यालयको जेसिभी (डोजर) का चालक मुगुमा नै रहेकाले तत्काल जुम्ला पुगेर जेसीभी लिएर बाटो खुलाउन निर्देशन दिई सकिएको सडक डिभिजन कार्यालयका प्रमुख अंगलाल रोकायाले जानकारी दिए । शुक्रवार नै चालक मुगुबाट हिडी सकेका र जुम्ला सिंजाको बोता मालिकामा भत्केको बाटो दुई घण्टामा नै बन्ने र मुगु तर्फ घुच्ची लेकमा रहेको हिउँ एकै दिनमा हटाएर अबरुद्ध सडक सञ्चालन हुने रोकायाको भनाई छ । नाग्म देखि मुगु आउने मालबाहक तथा यात्रुबाहक गाडी जुम्लाको गोठी ज्युला, बोता, भुलभुलेमा र मुगु देखि जाने गाडीहरु गमगढीमा नै रोकिएका अस्थायी ट्राफिक कार्यालय गमगढीले जनाएको छ । – सुमन मल्लको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य