२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

हलेसी आगलागी पिडितलाई १३ लाख ३५ हजार बढी राहत प्रदान

६ फाल्गुन २०७४, आईतवार १५:४४

चिसाङ शेर्पा | फागुन ६, खोटाङ | जिल्लाको हलेसी आगलागी पिडितलाई १३ लाखभन्दा बढि राहत प्रदान गरिएको छ । अग्नि पिडितको सहयोगका लागि देश बिदेशमा संकलन भएको १३ लाख ३५ हजार १८५ रुपैयाँ राहत प्रदान गरिएको हो । 

गत पुस १८ गते भएको आगलागीमा घर सहित सर्वस्व गुमाएपछि टहरामा कष्टपूर्ण दिन विताइरहेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका मगम राई, उचितबहादुर राई, अम्बराज राई, तम्बराज राई, मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीस दासलाई प्रतिपरिवार २ लाख ५ हजारका दरले राहत प्रदान गरिएको छ ।

यस्तै, आंशिक क्षती भएका प्रकाशचन्द्र गिरीलाई ११ हजार, सरनसरी राईलाई ८ हजार, गोबिन राईलाई ८ हजार, सरनकुमार राईलाई ६ हजार, महानन्द राईलाई ६ हजार, रेगिन्द्र राईलाई ६ हजार, कृष्ण राईलाई ६ हजार, कम्पराज राईलाई ४ हजार र चण्डेश्वर चौधरीलाई ४ हजार प्रदान गरिएको हो । संकलित रकममध्ये हलेसी तुवाचुङ नगरपालिका–९ धितुङका आगलागी पिडित धितुङका मित्रमान राईलाई २ लाख ५ हजार तथा हलेसी तुवाचुङ नगरपालिका–५ बडहरेकी सिता नेपालीलाई ४८ हजार २८४ रुपैयाँ प्रदान गरिएको अग्नि पिडित राहत संकलन समितिका संयोजक दिनेश राईले जानकारी दिनुभयो । 

काठ्माण्डौंमा दिनेश राईको संयोजकत्वमा बनेको अग्नि पिडित राहत संकलन समितिले संकलन गरेको ४ लाख ३५ हजार १८५, खोटाङ समाज हङकङको पहलमा संकलन भएको ५ लाख ५० हजार, खोटाङ सेवा समाज दक्षिण कोरियाको पहलमा संकलन भएको २ लाख १४ हजार ५६५, एमाले खोटाङ–काठ्माण्डौं सम्पर्क मञ्चको पहलमा संकलन भएको ७५ हजार, माओबादी केन्द्र खोटाङ–काठ्माण्डौं सम्पर्क समितिको पहलमा संकलन भएको ३३ हजार १५५ र अन्तरपार्टी महिला सञ्जाल खोटाङले उपलव्ध गराएको रकम शनिबार अग्नी पिडितलाई प्रदान गरिएको हो । 

धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारका व्यवसायी मगमको घरबाट सुरु भएको आगोले चार व्यवसायीका पाँच घर लगायत जल्दा ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो