2026-09-19 11:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

गाउँमै खानेपानीको धारा आएपछि थकरीकोटबासी हर्षित

ओमप्रकाश गुप्ता, चैत १५, देउखुरी । देउखुरीको सिसहनियाँ ७ थकरीकोटकी कौशिला बुुढामगरलाई अब एक डेढ घण्टा उकालो ओरालो गरेर एक गाग्री पानी लिन जानु नपर्ने भएको छ ।

pani1

उनको घर नजिकै खानेपानीको धारा आए पछि बुुढामगर जस्ता सयौँ गृहिणी महिलाहरुलाई खानेपानीको समस्या टरेको छ । खाना पकाउनकै लागि गर्मी मौसममा तीन घण्टा उकालो ओरालो गरेर तल खोलाको दुुषित पानी पिउनुु पथ्र्यो तर अब घर नजिकै खानेपानीको धारा आए पछि हामीलाई निकै सजिलो भएको बुुढामगरले भनिन् ।

गाउँमा खानेपानीको समस्या हुँदा एक डेढ घण्टा उकालो ओरालो गरेर खोलामा पानी लिन जानु पर्ने बाध्यताका कारण स्कुल पढ्न जाने छोराछोरीहरुलाई समयमै खाना पकाएर खुवाउन नसक्ने समस्याले भोकै स्कुल पठाउनु पथ्र्याे बुुढामगरले भनिन् । खोलाको दुषित पानी पनि अमृत मानेर पिउनु पर्ने हाम्रो बाध्यता थियो, सोही ठाउँकी आर्की गृहिणी उमा थापाले भनिन् । दुषित पानीको प्रयोगकै कारण विभिन्न रोगबाट बर्षेनी कतिपयको अकालमा ज्यान जाने गथ्र्यो थापाले भनिन् । अब त घर नजिकै खानेपानीको धारा आए पछि देवता आए जस्तो भएको छ, उनले भनिन् ।

pani2
देउखुरीको थकरीकोट, चित्रीकोट लगायतका गाउँमा खानेपानीको धारा आए पछि करिव ६५ घर परिवारका २ सय २१ जनाले स्वच्छ खानेपानी पिउन प्रत्यक्ष लाभन्वित भएका छन् । एग्रिकल्चरल एण्ड एशोसिएसन ब्रिटिस गोर्खाज नेपाल (कादरी) को ८० लाख र २० लाख ८० हजारको जनश्रमदान गरी कुल १ करोड ८० हजार रुपैयाँ बराबरको लागतमा उक्त खानेपानी आयोजना सम्पन्न भएको थकरीकोट सोलार पम्पिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष दुुर्गा उचहीमगरले जानकारी दिए ।

हाल उक्त खानेपानी आयोजनाका लागि एउटा पानी संकलन ट्याङ्की , एउटा पानी बितरण ट्याङ्की र ३३ ओटा सोलारपाताको ३ हजार ६ सय ३० वाट क्षमता भएको सोलारपावर जडान गरि ११ वटा खानेपानी धारा निर्माण गरिएको कादरीका म्यानेजर दोवान कुुमार राईले बताए । समुद्र सतह देखि १ सय ७० मिटरको उचाईमा रहेका मेन ट्याङकीमा ३० हजार लिटर र वितरण ट्याङकीमा २ हजार लिटर क्षमता भएका दुई वटा पानी ट्याङ्की, समेत निर्माण गरिएको राईले जानकारी दिए ।

यसैबीच नवनिर्मित खानेपानी आयोजनाको शनिवार एक कार्यक्रमका बीच उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । कादरी संस्थाका म्यानेजर दोवान कुुमार राईले थकरीकोट सोलार पम्पिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष दुुर्गा उचहीमगरलाई हस्तान्रण गरेका थिए ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष दुुर्गा उचही मगरको अध्यक्षता एवम् सिसहनियाँ गाविस सचिव मंगलप्रसाद चौधरीको प्रमुुख आतिथ्यतामा भएको कार्यक्रममा सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुुर्णबहादुुर बुुढाथोकी, कादरीका म्यानेजर दोवानकुुमार राई, सुुपर भाइजर बुुद्धुकुुमार पुुुनमगर, जुुरपानी खानेपानी समिति केहलुुवाका अध्यक्ष खिमबहादुुर के.सी, सिसहनियाँ स्वास्थ्य चौकीका सिनियर अहेव नारायण राउत, समाजसेवी प्रकाश विष्ट, करङ्गेकोट गाउँ अगुुवा चित्रबहादुुर थापा, भुुल्के गाउँ अगुुवा चेतनाथ उचहीमगर, वनगाउँ स्रोत केन्द्रका स्रोत व्यक्ति रामप्रसाद जैशी, सिसहनियाँ प्रहरी चौकीका प्रमुुख गंगाप्रसाद पौडेल, टुुकमान समाल, मोहनलाल खत्री, विक्रम कटुुवाल लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा खानेपानी आयोजना निमार्ण कार्यमा सहयोग पु¥याएको भन्दै एक दर्जन बढी सहयोगदाताहरुलाई सम्मान समेत गरिएको थियो सन्तराम सारुमगरको स्वागत मन्तव्यबाट सुुरु भएको कार्यक्रमको सञ्चालन समितिका सचिव भिमसेन समाल मगरले गर्नुु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो