Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखाको इतिहाँसमै पहिलो पटक क्रिकेट प्रतियोगिता

२०७४, ७ फाल्गुन सोमबार १३:२४

ताराबहादुर महत । फागुन ७, दोलखा । जिल्ला व्यापी अन्तर माध्यामिक विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता आजबाट चरिकोटमा शुरु भएको छ । 


क्रिकेट संघ दोलखाद्वारा जिल्लामै पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा जिल्लाका आठवटा विद्यालयका १० टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आज मोर्डन नेपाल बोर्डिङ स्कुलले त्रिपुरा ग्लोरियस एकेडेमीलाई ९३ रन अन्तरले पराजित गर्दै विजयी भएको छ ।  मोर्डन नेपाल बोर्डिङ स्कुलले २ विकेटको क्षतिमा १६९ रन बनाएको थियो । १ सय ७० रनको लक्ष्य पाएको त्रिपुराले जवाफी ब्याटीङ गर्ने क्रममा १२ ओभरमा अल आउट हुँदै ७६ रन मात्र जोड्न सकेको थियो । खेल १६ ओभरमा संचालन भएको थियो ।

प्रजातन्त्र दिवसको अवसरमा क्रिकेट संघ दोलखाले प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा नेपाललाई चिनाउन क्रिकेट खेलले महत्वपुर्ण भुमिका खेलेको भन्दै दोलखामा क्रिकेट खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको क्रिकेट संघ दोलखाका अध्यक्ष सन्तोष पोखरेलको भनाई छ । प्रतियोगिताका विजेताले २० हजार र उपविजेताले १० हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

खेलको उद्घाटन पुर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल र भिमेश्वर नगरपालिकाका मेयर भरत केसीले गर्नुभएको थियो । दोलखाको ईतिहाँसमै पहिलो पटक क्रिकेट संघ दोलखाको आयोजनामा क्रिकेट प्रतियोगिता भएको हो । प्रतियोगिता आगामी शुक्रबारसम्म संचालन हुनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै