2026-09-19 01:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

प्रजातन्त्र दिवशमै प्रजातन्त्र माविको बार्षिकोत्सव

फागुन ७, बागलुङ । ताराखोला गाउँपालिका वडा नम्बर–१ माझखर्कमा रहेको प्रजातन्त्र माध्यमिक विदालयले प्रजतन्त्र दिवशकै अवसर पारेर आफ्नो ५६ औँ वार्षिकोत्सव मनाईएको छ । 

वार्षिकोत्सव उद्घाटन कार्यक्रममा बोल्दै सामुदायिक विद्यालय व्यवस्थापन महासंघ बागलुङका सचिव दिवश खत्री पदमले वालबालिकाको व्यवहारमा सकारात्मक परिवर्तन गर्दै जीवनोपयोगी सीप प्रदान गर्न विद्यालयमा हुने सिकाईको महत्वपूर्ण भुमिका रहने बताए ।  

उनले व्यवहारिक, व्यवसायिक र रोजगारमूलक शिक्षाले मात्र बालबालिकालाई असल नागरिक बनाउन सकिने भन्दै यसतर्फ ध्यान दिन शिक्षकलाई आग्रह गरे । 

प्रधानाध्यापक, अभिभावक र विद्यालय व्यवस्थापन समितिले समेत विद्यालयको शिक्षण सिकाई क्रियाकलापलाई सहज बनाउन आवश्यक उत्तरदायित्व पूरा गर्नुपर्ने उनको भनाई थियो । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष नन्दलाल गैरे, ताराखोला गाउँपालिका वडा नम्बर–१ वडा सदस्य खड्कबहादुर घर्ती लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

प्रधानाध्यापक भिमबहादुर रोकाले विद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन प्र्रश्तुत गरेका थिए । 

वार्षिकोत्सवको अवसरमा भएको सदनस्तरीय छात्र भलिवल प्रतियोगितामा लालिगुराँस सदन प्रथम र मखमली सदन द्वितिय भएका छन् । अभिभावक म्युजिकल चियर प्रतियोगितामा होमा रोका विजयी भईन् । प्रावि तहको हाँजिरजवाफ प्रतियोगितामा लालिगुराँस सदन प्रथम, गोदावरी सदन द्वितिय र मखमली सदन तृतिय भएका छन् ।

कार्यक्रमको अवसरमा स्वर्गीय पूर्णबहादुर रोका स्मृति अक्षयकोष, स्वर्गीय गंगाधर मनरुपा गैरै स्मृति अक्षयकोष र शिवलेकाली जीवन ज्योती युवा क्लवको तर्फबाट विद्यार्थीलाई छात्रवृत्ति रकमसहित पुरस्कृति गरिएको थियो ।  

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार नाईसाको अध्यक्षता, शिक्षक बमबहादुर घर्तीको स्वागत र अर्का शिक्षक बलबहादुर रोकाको सञ्चालनमा सम्पन्न भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो