Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रेन्बो मन्टेश्वरी जोन सन्धिखर्कद्धारा अन्तराक्रिया

By kit 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन ७, अर्घाखाँची । रेन्बो मन्टेश्वरी जोन सन्धिखर्कको आयोजनामा सोमबार सन्धिखर्कमा अभिभावकहरुबिच एक दिने बृहत् छलफल, गोष्ठि तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम रेन्बो मन्टेश्वरी जोन सन्धिखर्कका संथापक कार्यकारी अध्यक्ष तथा प्रिन्सिपल कृष्ण हमालको अध्यक्षता तथा जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत बलराम मिश्रको प्रमुख आतिथ्यतामा सन्धिखर्कको साथी होटलमा सम्पन्न भएको थियो ।

कार्यक्रमा नेपाल मन्टेश्वरी एसोसिएसन्का उपाध्यक्ष मदन प्रसाद अर्यालको विशेष आतिथ्यता , त्यस्तै अतिथीहरुमा उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ , अभिभावक तथा प्रध्यापक धर्मराज भुसाल , नयाँ एफ एमका विक्रम पाण्डे , रेडियो अर्घाखाँचीका गोपाल प्रसाद भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमा बोल्दै  जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत मिश्रले एउटा मन्टेश्वरी स्कुलमा  न्युनतम मापदण्ड अन्तर्गत  बालमैत्री वातावरण, तालिमप्राप्त शिक्षिका, बालमनोविज्ञानमा पर्याप्त ज्ञान हासिल गरेका संस्थापक र शिक्षिका हुनु पर्ने बताएका थिए ।

त्यस्तै कार्यक्रममा उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष श्रेष्ठले विश्व बजारमा विक्न सक्ने शिक्षा आजको आबश्यकता रहेको बताउँदै  नानीबाबुहरुलाई त्यो खालको शिक्षा प्रदान गर्नु पर्ने बताए ।

त्यस्तै अभिभावकका तर्फबाट मन्तब्य राख्दैे प्रध्यापक भुसालले बालबालिकाहरुलाई विद्यालयमा मात्र नभएर घरमा पनि अभिभावकले नानी बाबुहरुको मनोभावना बुझ्नु पर्ने बताए ।

घरमा डर धम्कीको बातावरण सिर्जना नगरी शिष्ट बोली मार्फत उनीहरुलाई सम्झाउनु पर्ने बताउँदै अरुलाई आदर गर्ने, माफ गर्न सक्ने, शिष्ट बोल्ने जस्ता ब्यबहारको विकास घरबाटै हुनु पर्ने बताए ।

कार्यक्रममा  नेपाल मन्टेश्वरी एसोसिएसन्का उपाध्यक्ष अर्यालले मन्टेश्वरी  भनेको केहो ? , यो शिक्षाबाट कस्तो खालको ज्ञान प्राप्त गर्न सकिन्छ ? यस्को महत्त्व र बर्तमान समयको प्रभाव के ? लगायतका विषयमा उपस्थित अभिभावकलाई प्रशिक्षण दिएका थिए । कार्यक्रम मदन नेपनलीको संचालनमा सम्पन्न भएको थियो ।

सामान्यतया २ देखि ६ उमेर समूहका बालबालिकालाई खेलौनाका माध्यमबाट खेल खेलाउँदै सिकाउने पद्धतिलाई मन्टेश्वरी शिक्षा पद्धति भनिन्छ ।

२० औ शताब्दिमा इटालीकी एजुकेटर तथा फिजिसियन मारिया मन्टेश्वरीले सुरुवात गरेको यो शिक्षण पद्धति अहिले संसारभर लोकप्रिय भएको छ ।