२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

बायोग्यास प्रयोगमा वृद्धि

१९ आश्विन २०७२, मंगलवार ०४:२७

योगेन्द्र जोगी, असोज २०,
संखुवासभा ।
गाई–भैँसीको गोबरबाट बैकल्पिक ऊर्जा उत्पादन हुने भएपछि संखुवासभाका किसान
बायोग्यास गोबरग्यासतर्फ आकर्षित भएका छन् । कच्चा पदार्थको सहज उपलब्धता र स्वास्थ्यमा फाइदा
पुग्नेभएपछि किसानहरु बायोग्यासतर्फ आकर्षित बनेका हुन् । बायोग्यासबाट खाना पकाउदा एलपी ग्यास,
मट्टितेल, दाउराबाट हुने खर्च बच्ने, दाउराको प्रयोग गर्दा धुँवाका कारण देखिने स्वास्थ्य समस्यासमेत
हट्ने भएकाले यसको प्रयोग बढ्न थालेको छ।

gobargas
बायोग्यास इनर्जी कम्पनीका नबिन अधिकारीका अनुसार बायोग्यासको प्रयोगबाट दुषित वातावरण हटने
भएकाले यसको प्रयोग बढेको बताए । अहिलेसम्म जिल्लामा २ सयदेखि ३ सय घरमा बायोग्यासको प्रयोग गरिएको छ ।
दाउरा तथा मट्टितेलको प्रयोगबाट वातावरणलाई प्रतिकूल असर गर्ने कार्वनडाइअक्साइड ग्यास बढी निस्कने
भएकाले त्यसलाई निरुत्साहित पार्न गोबरग्यासको प्रयोग गर्नु आवश्यक देखिन्छ । अहिले नेपाल
सरकारअन्तर्गतको बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले विश्वव्यापी रुपमा कार्वन उत्पादनमा कमी आउने
बैकल्पिक उपाय अपनाएर कार्वन बिक्री गरेबापत आउने रकम गोवरग्यासका लागि प्रयोग गर्दै आइरहेको अधिकारीले
जानकारी दिए ।

काठ दाउरा तथा इन्धनको प्रयोगबाट विश्वमा
कार्वनको उत्पादन बढी भएर मौसम परिवर्तन हुँदा विश्वलाईनै असर गरेको भन्दै विश्वव्यापी रुपमा कार्वनको
बिक्री सुरु गरिएको थियो । सोही अनुसार नेपालले पनि कार्वनको बिक्री गरेर आएको पैसालाई बैकल्पिक ऊर्जाका
क्षेत्रमा लगानी गर्दै आइरहेको छ । गोवरग्यास निर्माणका लागि बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले
अनुदानसमेत दिँदै आइरहेको छ ।

घर–घरमा चार, छ र आठ घनमिटरका
गोबरग्याास प्लान्ट निर्माणका लागि सरकारले अनुदान दिने गरेको छ ।गोबरग्यासका लागि गाई–भैँसीको
गोबरबाहेक शौचालयको समेत प्रयोग हुन थालेको छ । ग्यास गन्धरहित हुने र शौचालयको प्रयोगबाट कुनैपनि
नकरात्मक असर नपर्ने भएकाले यसको प्रयोग बढाउन सके अझै बढी ग्यास उत्पादन गर्न सकिने उनले बताए ।
हालसम्म जिल्लाको सदरमुकाम खाँदबारी,तुम्लिङ्टार मुढे लगायतका ठाउँमा गोबरग्या उत्पादन भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे