2026-07-25 01:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा सेनाद्वारा बम निष्क्रिय

फागुन ८, बागलुङ |  बागलुङ नगरपालिका–२ स्थित पुरानो बसपार्कमा गएराति अज्ञात समूहले राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।

व्यवसायी उमेश केसीको गाडी ‘शोरुम’ अगाडि बम लेखिएको शंकास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । ‘हटकेस’मा विष्फोटक पदार्थसहित भेटिएको वस्तु बम नै भएको पुष्टि भएपछि तत्काल निष्क्रिय पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विश्वराजसिंह थापाले जानकारी दिनुभयो । बम कसले र किन राखेको भन्नेबारे अनुसन्धान भइरहेको उहाँको भनाइ छ । 

गएराति नै बागलुङ नगरपालिका–२ धवलागिरि चोकमा बम विष्फोट भएको थियो । विष्फोटनभएको सडकमा खाल्डो परेको र स्थानीय व्यवसायी श्रीधर कँडेलको घरको सिसा चर्केको छ । धवलागिरि चोकमा भएको विष्फोटनबारे भने प्रहरीले अनभिज्ञता प्रकट गरेको छ । 

मध्यरातमा ठूलो आवाजसहित विष्फोटको आवाज आएपछि सर्वसाधारण त्रस्त भएका थिए । आज बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले बम विष्फोट गराएको आशंका गरिएको छ । बन्दका कारण बागलुङलगायत धवलागिरि क्षेत्रको जनजीवन बिहानैदेखि प्रभावित बनेको जनाइएको छ । बन्दका कारण यातायात, बजार ठप्प छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक