2026-07-25 01:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

बिग्रिए महानगरका सडक बत्ती

फागुन ८, ललितपुर | ललितपुर महानगरपालिकाका विभिन्न ठाउँमा रहेका सडक बत्ती नबल्ने भएका छन् । 

अघिल्लो वर्षमात्रै हालिएका ९६७ वटा बत्तीमध्ये अधिकांश बिग्रिसकेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रयोगमा आएकामध्ये झण्डै ८० प्रतिशतको चिम बिग्रिसकेको बताउनुभयो । 

गत वर्ष स्थानीयवासीको जनसहभागितामा महानगरपालिकाले चिम हालेको थियो । कम क्षमताको ब्याट्रीका कारण चिम चाँडो बिग्रिएको छ भन्दै उहाँले भन्नुभयो, “स्थानीयवासीको गुनासो आएपछि म आफैँ पनि रातको समयमा गएर सडकका बत्ती हेर्दै आएको छु ।” 

महानगरपालिकाका सडकमा बत्ती जडान गर्नका लागि धेरै संस्था इच्छुक भएको प्रमुख महर्जनले बताउनुभयो । महानगरपालिकाले भने गुणस्तरमा जोड दिएको छ । उहाँ भन्नुहुन्छ, “मैले काम गर्न चाहने संस्थालाई रातमा सबै बत्ती बाल्नुपर्ने र बत्ती चहकिलो हुनुपर्ने सर्त राखेको छु । काम गर्न चाहने संस्थासंग गुणस्तरको कुरा गरेपछि काम पछि हच्किदै आएका छन् । सडक बत्ती नहुँदा रातको समयमा सडक दुर्घटना हुने भन्दै ट्राफिक प्रहरीले पनि बत्ती जडान गर्न महानगरपालिकालाई भन्दै आएको छ । ” 

महानगरपालिकाका भित्री भागमा धेरै ठाउँमा सडक बत्ती छैन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक