२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुर रेडक्रसको बजेट तीन करोड

८ फाल्गुन २०७४, मंगलवार ०७:१६

फागुन ८, नगरकोट | नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको २३औं जिल्ला सभाले आगामी आर्थिक वर्ष २०७५÷७६ को प्रस्तावित कार्यक्रम र बजेट पारित गरेको छ । 

शाखाको स्वर्ण जयन्ती वर्षको शुभारम्भ तथा २३औँ जिल्ला सभाले आव २०७५÷७६ को लागि रु दुई करोड ६५ लाख ९३ हजार बजेट पारित गरको हो । 

कार्यक्रमको उद्घाटन गर्नुहँुदै सांसद महेश बस्नेतले भक्तपुर रेडक्रसले मानवीय सेवाका गतिविधि सञ्चालन गरी देशभरी आफ्नो पहिचान राखेको बताउनुभयो । सफल नेतृत्वको उदाहरणको रुपमा भक्तपुर रेडक्रसलाई लिनुपर्ने कुरा बताउँदै उहाँले भक्तपुर रेडक्रसले रक्तसञ्चार सेवामार्फत देशैभरी ख्याति कमाएको बताउनुभयो । 

“पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रममा नेपाल रेडक्रससँग स्थानीय तथा केन्द्रीय सरकार सधँै सहकार्य गर्न तत्पर छ,” उहाँले भन्नुभयो । 

नेपाल रेडक्रस सोसाइटीका कार्यबाहक अध्यक्ष अजितकुमार शर्माले मानवीय सेवाका क्षेत्रमा भक्तपुर रेडक्रस अनुकरणीय र उदारणीय कार्य गर्न सफल भएको बताउनुभयो । 

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले भक्तपुरले भूकम्प पूर्वतयारीको कार्यक्रम नमूनाको रुपमा सफलतापूर्वक सम्पन्न गरेको जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य