२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङ्ग नगर विकासको सम्पूर्ण कागजपत्र अख्तियारको कब्जामा

२०७२, २४ चैत्र बुधबार १०:१३

सन्तोषकुमार गुप्ता, चैत २४, भालुवाङ्ग । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देउखुरीको भालुवाङ्ग नगर विकास समितीको सम्पूर्ण कागज पत्र आफ्नो नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । नगर विकास समितीमा व्यापक अनिमियता भएको उजुरीको अधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय कोहलपुरले चैत १५ गते सोमबार कार्यालयमा छापामारी असुन्धानका लागि भन्दै सम्पूर्ण कागज पत्र नियन्त्रणमा लिएको हो ।

nagar bikas

आयोगको टोलीले नगर विकास समितीको सम्पूर्ण कागजपत्र, निर्णयपुस्तिका, नगदी रसिद, बिल, ३०५ को रसिदका ठेलीहरु सहित सम्पूर्ण कागजपत्रहरु अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको नगर विकास समितीले जनाएको छ । भालुवाङ्गका स्थानियबासीहरुबाटै नगर विकास समितीका अध्यक्ष र कर्मचारीहरुको मिलोमतोमा केही बर्ष देखि अबैध रुपमा रातारात ३०५ को रसिद बितरण गरेको उजुरी परेको कारण अनुसन्धानका लागि सम्पूर्ण कागजपत्र नियन्त्रणमा लिएको र अनुसन्धान कार्य जारी रहेको अख्तियार र दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय कोहलपुरका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले जानकारी दिए ।

आवश्यक परे वर्तमान अध्यक्ष, पूर्व अध्यक्षहरु, कर्मचारी, पूर्व बोर्ड सदस्य, बर्तमान बोर्ड सदस्य, स्थानिय राजनितिकदल र सर्वसाधारण जो कोही संग पनि सोधपुछ गर्न सकिने प्रहरी निरीक्षक सिंहले भने । अख्यितारको कार्यालयले फागुन २७ गते भालुवाङ्ग नगर विकास समितीको नाममा पत्र पठाई नगर विकास समितीको नाममा प्रस्तावित पुल्चोक बजार अन्र्तगत ३१ बिघा ६ कठ्ठा ३ धुरमा निवेदन दस्तुर बाफत रु ३०५ को रसिद बितरण सम्बन्धी प्रकिृया तथा सो सम्बन्धी कागजातका प्रमाणित प्रतिलिपीहरु, के—कस्ता आधार तथा सर्तहरुमा ३०५ को रसिद बितरण गरिन्छ ? रसिद बितरण एवम् ३१ बिघा ६ कठ्ठा ३ धुर सम्बन्धी बोर्ड बैठकका निर्णयका प्रमाणित प्रतिलिपीहरु र हाल सम्म कति जनालाई रसिद बितरण भएको छ ? रसिद प्राप्त गर्ने सम्पूर्ण व्यक्तिहरुको नाम नामेसी बिबरण तथा बितरणको मिति समेत बिबरण उल्लेख गरी कागजात माग गरिएको अख्यितारको पत्रमा उल्लेख छ ।

त्यसैगरी सो पत्रमा भालुवाङ्ग नगर विकास समितीको स्वीकृत गुरु योजनाका प्रमाणित प्रतिलिपीहरु, पुरानो भालुवाङ्ग बजार जाने हनुमानगढी मन्दिर देखि पूर्व तर्फको जग्गा पलटिङ्गमा ६०/४० को अवधारणा अनुसार भएका सम्झौता र निर्णयका प्रमाणित प्रतिलिपीहरु र नगर विकास समितीको पछिल्लो तीन बर्ष यताको लेखा परीक्षण प्रतिवेदनका प्रमाणित प्रतिलिपीहरु र नगर विकास समितीको अस्थाई नक्सा समेत अख्यितारको कार्यालयले पत्र प्राप्त भएको तीन दिन भित्र सम्पूर्ण कागजात बुझाउन अनुरोध गरेको छ ।

अख्यितारको पत्र चैत २२ गते हुलाक मार्फत भालुवाङ्ग नगर विकास समितीको कार्यालयमा प्राप्त भएको समितीका अध्यक्ष ओमप्रकाश बुढाथोकीले जानकारी दिए । नगर विकास समितीको स्थापना २०५१/०५२ मा तत्कालिन अध्यक्ष कुलराज न्यौपानेको पालामा भएको थियो । भने २०६०/०६० मा तत्कालिन नगर विकास समितीका अध्यक्ष अलिमोहम्मद मियाँको पालामा भालुवाङ्ग पुल्चोक बजारको अस्थाई नक्साङ्क गरी लालमटिया गाविसमा बाल बिरौटी कर तिरेका मान्छेलाई मात्र नगर विकास समितीकोृ मापदण्ड अनुसार ३०५ को रसिद बितरण गरिएको थियो ।

गत असारमा भालुवाङ्ग नगर विकास समितीमा पतिनिधित्व गर्ने नेकपा एमाले, फोरम लोकतान्त्रिक र राष्ट्रिय जनमोर्चा पार्टीले तत्काल भालुवाङ्ग नगर विकास समितीको छानबिन हुनुपर्ने माग गदै आएको भए पनि न त छानबिन समिती नै गठन हुन सकेको थियो न त कुनै छानबिन प्रक्रिया नै अगाडी बढाईएको थियो । उनीहरुले नगर विकास समितीका अध्यक्ष र कर्मचारीहरुको मिलोमतोमा केही बर्ष यता अबैध रुपमा रातारात ३०५ को रसिद बितरण गरेको भन्दै तत्काल त्यस्ता कृयाकलाप बन्द गरी अहिले सम्मका ३०५ को रसिद छानबिन हुनु पर्ने माग गरेका थिए ।

हामीले पहिले देखि नै नगर विकास समितीको सुरुवात देखि अहिले सम्म भएका सत्य तथ्य जानकारी दिन मापदण्ड अनुरुप काम भए नभएका बिषय र कति अबैध रुपमा कसको पालामा क—कसलाई रसिद बितरण गरिएको तथा मापदण्ड विपरित कति जनाले घरटहरा बनाएको, कतिले रसिद अझै सम्म पनि पाउन नसकेको र आर्थिक गतिविधिको अवस्था लगायतका बिषयमा छानबिन हुनु पर्ने माग गरेका थियौँ तर नगर विकास समितीमा प्रतिनिधित्व गर्ने अन्य दलले मान्नु भएन राष्ट्रिय जनमोर्चाका पार्टी प्रतिनिधि होमप्रसाद शर्माले भने ।

हामीले तत्काल छानबिन समिती गठन गरी छानबिन प्रक्रिया अगाडी बढाउनु पर्ने माग राखेका थियौँँ शर्माले भने । उहाँहरुकै अडानका कारण ढिल्लै भए पनि अख्यितारमा उजुरी प¥यो अब सबैले अख्यितारको अनुसन्धान कार्यमा सहयोग गर्नुको बिकल्प छैन शर्माले भने । पहिले नै हामीले भनेको कुरा मानेको भए साईत अख्यितारमा कसैले उजुरी गर्ने थिएन, यी सब उहाँहरु कै कारण भएको हो शर्माले भने ।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि भालुवाङ्ग नगर विकास समितीको सम्पूर्ण कागज पत्र आफ्नो नियन्त्रणमा लिए पछि भालुवाङ्गबासी चिन्तीत भएका छन् । अब लालपुर्जा पाउने आसा पनि निरासामा बलिएको उनीहरुले बताएका छन् । अब लालपुर्जा आउँछ भनेका थिर्योँ तर झन अख्यितारमा उजुरी पर्यो अब त के को लालपुर्जा पाइएला र पुल्चोक बजारका गौतम श्रेष्ठले भने ।

पुर्जा बितरण हुने चरणमै अख्यितारमा उजुरी पर्यो  अबहाम्रो बसाई पनि सकतमा परेको जस्तो अभास भएको छ, श्रेष्ठले भने । यता नगर विकास समितीको सम्पूर्ण कागज पत्र आफ्नो अख्यितारको नियन्त्रणमा परे पछि भालुवाङ्गबासी सरकारी सेवा लिनबाट बञ्चित भएका छन् । ३०५ को रसिद तथा नगर विकास समितकिो सिफारिसका अधारमा विद्युत, पानीको धारा र टेलिफोन जडान जस्ता महत्वपूर्ण सेवाबाट समेत बञ्चित हुनु परेको भालुवाङ्गबासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ