2026-09-19 01:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

नवजागरण साकोसको दोस्रो दिन : सहकारी र धार्मीक स्थल भ्रमण

प्रज्वल
पौडेल
। फागुन ८, भैरहवा ।

मन्थली नगरपालीकामा
रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मंगलबार सहकारी संस्था र
धार्मीक स्थलको अध्ययन  अवलोकन भ्रमण गरेको
छ । साकोसले भ्रमणको दोस्रो दिन नवलपुर¸नवलपराशी र चितवनका विभिन्न 
धार्मीक स्थल र सहकारी संस्थाको क्षेत्रको
अवलोकन गरेको हो ।

सहकारीका
शेयर सदस्यहरुले विहान नवलपुरमा रहेको प्रसिद्ध धार्मीक स्थल मौलाकालीका मन्दिरको दर्शन
गरेका छन् ।


उनीहरुले सोही स्थानबाट विभिन्न भूभागको अवलोकन समेत गरेका छन् । नारायणगढबाट
मौलाकालिका मन्दिरको फेदी प्रवेशद्वारसम्मको सडक कालोपत्रे गरिएकाले यातायातको
पर्याप्त सुविधा छ । फेदीको प्रवेशद्वारदेखि डाँडामा अवस्थित मौलाकालिका
मन्दिरसम्म जानका लागि ढुङ्गाले चिनिएका १८८२ वटा सिँढीहरूको फराकिलो बाटो छ ।

फेदीबाट
सिँढीमार्गको यात्रा गर्न सामान्य तया पैतालिस मिनेटदेखि एक घन्टासम्मको समय लागेर
पुगेको भ्रमणटोलीका सदस्य श्रीकृष्ण कार्कीले बताए । मन्दिर पुगेर भगवती माताको
दर्शन गरेपछि भने उकालो यात्राको थकानको अनुभूति नभएको उनको भनाइ छ ।

यसैगरी
नवलपरासी
नवलपुरको
दुम्कौलीमा रहेको शास्वतधामको अवलोकन पनि गरेका छन् ।


धार्मिक एवम् पर्यटकीय
स्थलको रुपमा विकास गर्ने उद्देश्यले यस शाश्वतधाम नवलपरासीको देवचुली नगरपालिका २
दुम्किौलीमा रहेको सिजी इन्डष्ट्रियल पार्क परिषरमा निर्माण गरिएको हो । मन्दिर
परिसरमा गुरुकुल विद्याश्रम
, खण्ड
अग्निकुण्ड
, शक्तिघाट,
धर्मशाला, यज्ञ कुण्ड,
हनुमान
मन्दिर
, धार्मिक प्रर्दशनी स्थल, धार्मिक संग्राहलय, डिजिटल धार्मिक संग्राहलय, धार्मिक पुस्तकालय रहेको छ । त्यस्तै
धामभित्र बुद्धको मुर्ति निर्माण र अन्य भौतिक संरचना समेत निर्माणको क्रममा रहेको
छ । यस धामको मध्य भागमा विश्वमै प्रसिद्धि कमाएको खजुरावान शैलीमा बनेको
बुट्टेदार तथा अत्यन्तै मनमोहक एकम्बरेश्वर शिव मन्दिर रहेको छ । अवलोकन पश्चात नेपालमा
रहेको यस्ता ऐतिहासिक संरचनाले पर्यटकीय क्षेत्रको विकासमा महत्वपूर्ण योगदान
हुनुका साथै आर्थिक समृद्धीमा टेवा पुग्ने भ्रमण टोलीका सदस्य यमबहादुर बुढाथोकीको
भनाइ रहेको छ । विभिन्न कालखण्डका आर्थिक तथा सामाजिकरुपमा लोभ हुदै गएको सामान र
धार्मीक महत्व बोकेको स्थलको अध्ययन
अवलोकन भ्रमणमा महत्व रहेको बताए ।

यसैवीच नवजागरणको
भ्रमण टोलीले भरतपूर चितवनमा रहेको प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था
लिमिटेडसँग अन्तक्रिया
कार्यक्रम गरेको छ ।


कार्यक्रममा नवजागरण साकोस उपाध्यक्ष
दिपक कुमार क्षेत्री
, र व्यवस्थापक रमेश उदाशले आफ्नो साकोसले
गरिरहेका कार्यहरु र भावी रणनीतिका वारेमा जानकारी गराएका छन् । भने प्रभात दिदी
बहिनी साकोसका अध्यक्ष सरस्वती कतिला र सचिव साधना श्रेष्ठले उक्त सहकारीले हालसम्म
गरेका कार्यक्रमको बारेमा जानकारी गराइन् । दुबै संस्थाबीचको अन्तक्रिया पछि एक
अर्काले मायाको चिनो आदान प्रदान समेत गरे ।


सहकारीको
साधारणसभाबाट गोलाप्रथाद्धारा छनौट भएका सहकारीका शेयर सदस्य र संचालक समितिका
पदाधिकारी सहित ३० जनाको टोली सहकारी भ्रमणमा निस्किएको हो । सफल सहकारीहरुका
प्रगतिका बारेमा आफ्ना शेयर सदस्यलाई जानकारी गराउँदै आफ्नो ठाउँमा समेत थप सफलता
हाँसिल गर्न भ्रमण आयोजना गरिएको संस्थाले जनाएको छ । भ्रमण टोली आज नवलपरासीको
परासी
, दाउन्ने हुदै रुपन्देही, भैरहवा पुगेको छ ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई