२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

नवजागरण साकोसको दोस्रो दिन : सहकारी र धार्मीक स्थल भ्रमण

८ फाल्गुन २०७४, मंगलवार १७:२४

प्रज्वल
पौडेल
। फागुन ८, भैरहवा ।

मन्थली नगरपालीकामा
रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मंगलबार सहकारी संस्था र
धार्मीक स्थलको अध्ययन  अवलोकन भ्रमण गरेको
छ । साकोसले भ्रमणको दोस्रो दिन नवलपुर¸नवलपराशी र चितवनका विभिन्न 
धार्मीक स्थल र सहकारी संस्थाको क्षेत्रको
अवलोकन गरेको हो ।

सहकारीका
शेयर सदस्यहरुले विहान नवलपुरमा रहेको प्रसिद्ध धार्मीक स्थल मौलाकालीका मन्दिरको दर्शन
गरेका छन् ।


उनीहरुले सोही स्थानबाट विभिन्न भूभागको अवलोकन समेत गरेका छन् । नारायणगढबाट
मौलाकालिका मन्दिरको फेदी प्रवेशद्वारसम्मको सडक कालोपत्रे गरिएकाले यातायातको
पर्याप्त सुविधा छ । फेदीको प्रवेशद्वारदेखि डाँडामा अवस्थित मौलाकालिका
मन्दिरसम्म जानका लागि ढुङ्गाले चिनिएका १८८२ वटा सिँढीहरूको फराकिलो बाटो छ ।

फेदीबाट
सिँढीमार्गको यात्रा गर्न सामान्य तया पैतालिस मिनेटदेखि एक घन्टासम्मको समय लागेर
पुगेको भ्रमणटोलीका सदस्य श्रीकृष्ण कार्कीले बताए । मन्दिर पुगेर भगवती माताको
दर्शन गरेपछि भने उकालो यात्राको थकानको अनुभूति नभएको उनको भनाइ छ ।

यसैगरी
नवलपरासी
नवलपुरको
दुम्कौलीमा रहेको शास्वतधामको अवलोकन पनि गरेका छन् ।


धार्मिक एवम् पर्यटकीय
स्थलको रुपमा विकास गर्ने उद्देश्यले यस शाश्वतधाम नवलपरासीको देवचुली नगरपालिका २
दुम्किौलीमा रहेको सिजी इन्डष्ट्रियल पार्क परिषरमा निर्माण गरिएको हो । मन्दिर
परिसरमा गुरुकुल विद्याश्रम
, खण्ड
अग्निकुण्ड
, शक्तिघाट,
धर्मशाला, यज्ञ कुण्ड,
हनुमान
मन्दिर
, धार्मिक प्रर्दशनी स्थल, धार्मिक संग्राहलय, डिजिटल धार्मिक संग्राहलय, धार्मिक पुस्तकालय रहेको छ । त्यस्तै
धामभित्र बुद्धको मुर्ति निर्माण र अन्य भौतिक संरचना समेत निर्माणको क्रममा रहेको
छ । यस धामको मध्य भागमा विश्वमै प्रसिद्धि कमाएको खजुरावान शैलीमा बनेको
बुट्टेदार तथा अत्यन्तै मनमोहक एकम्बरेश्वर शिव मन्दिर रहेको छ । अवलोकन पश्चात नेपालमा
रहेको यस्ता ऐतिहासिक संरचनाले पर्यटकीय क्षेत्रको विकासमा महत्वपूर्ण योगदान
हुनुका साथै आर्थिक समृद्धीमा टेवा पुग्ने भ्रमण टोलीका सदस्य यमबहादुर बुढाथोकीको
भनाइ रहेको छ । विभिन्न कालखण्डका आर्थिक तथा सामाजिकरुपमा लोभ हुदै गएको सामान र
धार्मीक महत्व बोकेको स्थलको अध्ययन
अवलोकन भ्रमणमा महत्व रहेको बताए ।

यसैवीच नवजागरणको
भ्रमण टोलीले भरतपूर चितवनमा रहेको प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था
लिमिटेडसँग अन्तक्रिया
कार्यक्रम गरेको छ ।


कार्यक्रममा नवजागरण साकोस उपाध्यक्ष
दिपक कुमार क्षेत्री
, र व्यवस्थापक रमेश उदाशले आफ्नो साकोसले
गरिरहेका कार्यहरु र भावी रणनीतिका वारेमा जानकारी गराएका छन् । भने प्रभात दिदी
बहिनी साकोसका अध्यक्ष सरस्वती कतिला र सचिव साधना श्रेष्ठले उक्त सहकारीले हालसम्म
गरेका कार्यक्रमको बारेमा जानकारी गराइन् । दुबै संस्थाबीचको अन्तक्रिया पछि एक
अर्काले मायाको चिनो आदान प्रदान समेत गरे ।


सहकारीको
साधारणसभाबाट गोलाप्रथाद्धारा छनौट भएका सहकारीका शेयर सदस्य र संचालक समितिका
पदाधिकारी सहित ३० जनाको टोली सहकारी भ्रमणमा निस्किएको हो । सफल सहकारीहरुका
प्रगतिका बारेमा आफ्ना शेयर सदस्यलाई जानकारी गराउँदै आफ्नो ठाउँमा समेत थप सफलता
हाँसिल गर्न भ्रमण आयोजना गरिएको संस्थाले जनाएको छ । भ्रमण टोली आज नवलपरासीको
परासी
, दाउन्ने हुदै रुपन्देही, भैरहवा पुगेको छ ।


 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की