Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण ०९ गते, दिउँसो १२:४६ बजे बैतडी - BTD, समाज

जिल्ला अदालत बैतडीद्वारा बालिका बलात्कारपछि हत्या गर्ने एक युवकलाई जन्मकैदको फैसला

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>सास/फागुन ९, बैतडी&nbsp; ।</b> मेलौली नगरपालिकाकी १६ वर्षीया एक बालिकालाई सामुहिक बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला अदालत बैतडीले आरोपीतहरुलाई मंगलबार&nbsp; जन्मकैद सहित आठ वर्ष थप अर्थात २८ वष कैद सजायको फैसला गरेको छ ।<br></p><p>जिल्ला अदालत बैतडीका न्यायधीस बिष्णुप्रसाद गौतमको इजलासले आरोपी पाटन नगरपालिका– १ का १८ वर्षीय भरतराम लुहारलाई जन्मकैद सहित आठ वर्ष थप अर्थात २८ वर्ष कैद सजाय सुनाएको छ । सोहि ठाँउका २७ वर्षीय मनोजराम दयाललाई जन्मकैदको सजाय सुनाएको छ ।</p><p>गएको साउन ३ गते गते आरोपी दुबैजनाले बालिकालाई सामुहिक बलात्कार गरि हत्या गरेको भन्दै पीडितका अविभावकले साउन ९ गते इलाका प्रहरी कार्यालय, पाटन बैतडीमा उजुरी दिएका थिए । उजुरी दिएकै दिन प्रहरीले आरोपीहरुलाई गिरफ्तार गरेको थियो ।</p>