२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

नारायणपुर महोत्सवमा उपस्थिति न्युन, नआए ५ सय जरीवाना (भिडियो)

२०७२, २६ चैत्र शुक्रबार १३:२६

बिष्णुकुमार देवकोटा/ चैत २७, दाङ । त्रिपुर १ नारायणपुरमा सुक्रबार देखि सुरुभएको महोत्सवमा जन सहभागिता अत्यन्त न्युन देखिएको छ । महोत्सवको शोभा यात्रामा अनिवार्य उपस्थितिका लागि उर्दि जारी गरिए पनि मुस्किलले ३ सय जना उपस्थित भएको देखिएको हो ।

“कृषि, व्यवसाय एवं पर्यटनमा प्रोत्साहनःदीगो अर्थतन्त्रका लागि अमूल्य योगदान भन्ने मुल नाराका साथ ” नारायणपुर उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवको शोभा यात्रा एवं उद्घाटन सत्र समारोहमा न्युन उपस्थिति देखिएको महोत्सवमा सहभागि शिव राज रोका ले बताउनु भयो ।
dang - mahotsabनारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल प्रसाद लम्सालको सभाअध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको प्रमुख आतिथ्य तथा दाङ उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडे र त्रिपुर नगरपालिकाका कार्यकारी अधिकृत कमान सिँह थापाको बिसिस्ट आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा बिभिन्न संघ संस्था तथा पार्टिका प्रतिनिधिहरु ले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्रिपुर नगरपालिका स्थित गुर्जेखोलामा शव दाह स्थल निर्माण प्रायोजनार्थ महोत्सव संचालन गरिएको आयोजकलेदावि गरेको छ ।

चैत्र २६ गते देखि बैसाख ६ गते सम्म संचालन हुने महोत्सव लाई आज उद्घाटनको दिन सम्म पनि पुर्णतः व्यवस्थित गर्न सकिएको छैन । महोत्सव स्थलमा मालवाहक गाडिहरु निर्वाध प्रवेश गरिरहेका छन् भने बिधुत आपुर्तिका लागि बिछ्याईएको बिद्युतिय तारले जति बेलापनि दुर्घटना निम्तिन सक्ने खतरा समेत रहेको छ । महोत्सवको प्रचार प्रसारको क्रममा आज आयोजकले दावि गरिएझै केन्द्रिय कलाकारहरु आउने भनिएता पनि कुनैपनि केन्द्रिय कलाकारहरु उपस्थित भएनन् ।

dang mahotsab

चर्कोघाम मा ३ महिनाको बच्चा बोकेर समेत शोभा यात्रामा आएकि एक सहभागिकाले शोभा यात्रामा सहभागि हुन उर्दि जारी गरिएको बताउनु भयो । “नआए के गर्ने ५ सय जरीवाना तिर्न भन्दा बरु सहभागिता जनाएँ” वहाँले नाम नबताउने सर्तमा भन्नु भयो । कार्यक्रममा अनिवार्य उपस्थितिका लागि उर्दि जारी गरिएको गढि टाकुरी महिला समुहबाट सहभागिता जनाउन आउनुभएकी एक सहभागिले पुस्टि गर्नुभयो ।

महोत्सव ठेक्कामा
नारायणपुरमा संचालनमा रहेको महोत्सव दैनिक खुद नाफा रकमको १५ प्रतिसत उद्योग बाणिज्य संघले पाउने गरी ठेक्कामा दिईएको बताईएको छ । यसको अर्थ महोत्सवमा मानौ १ करोड खुद नाफा भयो भने नारायणपुर उद्योग बाणिज्य संघले १५ प्रतिसतका दरले जम्मा १५ लाख मात्र हात पार्नेछ ।

नारायणपुरका फेन्सि व्यवसायिहरुको कडा प्रतिवाद एवं आम व्यपारिहरुको मनोभावना विपरित संचालनमा आएको महोत्सव यसरी कहिँ कतै ठेक्कामा लिएर चलाएको उदारण नभएको एक व्यापारिले नाम नबताउने सर्तमा बताए । “यो सरासर त्रिपुर बासिको हित बिपरित छ” उनले भने । यहाँसम्म की त्रिपुर क्षेत्रमा क्रियासिल संघ संस्थाहरुलाई समेत समेटिएको छैन ।

Video:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ