२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

आगोलागीमा जलेकी सार्कीको मोडल्स अस्पताल किर्तिपुरमा उपचार हुँदै, छाला फेर्नुपर्ने

९ फाल्गुन २०७४, बुधबार १५:५५

चिसाङ शेर्पा | फागुन ९, खोटाङ | आगोलागीमा परेर गम्भीर घाईते भएकी खोटाङकी रत्नमाया सार्कीको राजधानीस्थित मोडल्स अस्पताल किर्तिपुरमा उपचार भईरहेको छ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी सार्कीको केएमसी अस्पतालमा उपचार हुन नसकेपछी मोडल्स अस्पताल काठमाण्डौमा उपचार भईरहेको हो ।

बुधबार बिहान आफ्नै घरमा भएको आगलागीमा परी कम्मरमुनीको भाग जलेर शक्त घाईते भएकी सार्कीको स्थानिय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछी रावाबेंशी गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, बिद्यार्थी, सामुदायिक बन, नेवार गुठी, दलित कोष र ब्यक्ति/ब्यक्तिको सहयोगमा संकलित रकमले हेलीकोप्टर चार्टर गरेर दिउँसो साँडे १ बजे काठमाण्डौं पठाइएको थियो ।

काठ चिर्ने मेसिनमा पेट्रोल हाल्नेक्रममा नजिकै रहेको केटाकेटीले पारेको लाईटरको आगोले घरभित्रै बसेर उपकरणमा पेट्रोल हालिरहेको बेला सल्किएको आगोले धन बहादुर सार्कीको श्रीमती रत्नमाया सबैभन्दा बढी डढेकी थिईन् । कटनका कपडा भएको र काठ चिर्ने मेसिन पड्केर उनैलाई लागेको र अतालिदै दौडिएकाले अत्याधिक डढेको थियो । आगोले रत्नमायाँको अनुहार बाहेक शरीरका अधिकांश भाग डढेको छ । उनका संवेदनसिल अंगमा समेत अशर पुगेकाले अस्पताल लैजान हेलीकोप्टर चार्टर गर्नुपरेको थियो ।


अग्नी पीडितका लागि तत्काल सहयोग रकम संकलन गरी १ लाख ७० हजारमा चार्टर गरीएको हेलीकोप्टरलाई लामिडाडाँ विमानस्थलमा १ लाख २० हजार दिएको र अग्नी पिडित रत्नमायाको श्रीमान धन बहादुरलाई उपचार खर्च स्वरुप २६ हजार नगद दिईएकोे रावाबेंशी गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताउनुभयो । पालिका प्रमुख निरौलाका अनुसार पिडितका लागि सहयोग संकलन भईरहेको छ । 

हेलिकोप्टर मार्फत अग्नी पिडित श्रीमान, श्रीमती र छिमेकी एकराज सार्की काठमाण्डौ गएका छन् । छिमेकी एकराज सार्कीका अनुसार अस्पतालले रत्नमायाको घाँटी र कम्मरमुनीको भागको अपरेशन मार्फत छाला फेर्नुपर्ने भएको छ । ४ जनाले छाला दिनुपर्ने अथवा वाहिरबाट झिकाउनुपर्ने अवस्था भएको छ । उनले भने, ‘छाला दिने मान्छे पनि छैन, पैसा पनि छैन, कसरी मान्छे बचाउने, अस्पतालले भोली बिहानसम्म निर्णय मागेको छ ।’ छाला दिन नसकिए खुट्टा सुकेर जाने तथा मृगौलामा समस्या हुन र मान्छे बचाउन मुस्किल हुने अस्पतालले जनाएको  छ । आगोले रत्नमायाको श्रीमान धन बहादुरको घुंडाभन्दा तलको भाग जलेको छ ।

आगलागीमा सार्कीको सुन, चाँदी, नगद लगायत जल्दा १२ लाख ५६ हजार क्षती भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो