2026-09-18 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

शिक्षाप्रेमी श्रेष्ठको निधन

ram bahadur shrestha

योगेन्द्र योगी/असोज २१, संखुवासभा । संखुवासभा खाँदबारी १२
का शिक्षाप्रेमी रामबहादुर श्रेष्ठको ६७ बर्षको उमेरमा निधन भएको छ । मुटु र मृगौला रोगबाट पीडित
श्रेष्ठको उपचारका क्रममा राजधानीको नर्भिक हस्पिटल थापाथलीमा मंगलबार राति निधन भएको हो ।

श्रेष्ठले ७५ वटै जिल्लाका सामुदायिक बिद्यालयमा एकरएकवटा पुस्तकालय
खोलिदिएका थिए । संखुवासभाका २६ वटा सामुदायिक बिद्यालयमा उनले पुस्तकालय खोलिदिएका छन् । मनराम
प्रतिष्ठान नामक संस्था दर्ता गरेर उनले जीवनभरी कमाएको रकम पछिल्लो ५ बर्षयता शिक्षा क्षेत्रमा खर्चिदै
आएका थिए ।

गरीब र पढ्नबाट बञ्चित बालबालिकाका लागि रामबहादुरले
छोराहरुको सहयोगमा पुस्तकालय खोलेका थिए । उनले शैक्षिक क्षेत्रमामात्रै २ करोड ५० लाखबढी लगानी गरेको
प्रतिष्ठानले जनाएको छ ।

उनले विद्युत लाईन बिस्तार नभएका
दुर्गम क्षेत्रका गरिब तथा जेहेन्दर बिद्यार्थीलाई ३ सय बढी सोलार लालटिन समेत यसैबर्ष बितरण गरेका थिए
। श्रेष्ठका ४ छोरा, २ जना छोरी छन् । श्रेष्ठको बुधबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई