३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

शिक्षाप्रेमी श्रेष्ठको निधन

२० आश्विन २०७२, बुधबार २०:३४

ram bahadur shrestha

योगेन्द्र योगी/असोज २१, संखुवासभा । संखुवासभा खाँदबारी १२
का शिक्षाप्रेमी रामबहादुर श्रेष्ठको ६७ बर्षको उमेरमा निधन भएको छ । मुटु र मृगौला रोगबाट पीडित
श्रेष्ठको उपचारका क्रममा राजधानीको नर्भिक हस्पिटल थापाथलीमा मंगलबार राति निधन भएको हो ।

श्रेष्ठले ७५ वटै जिल्लाका सामुदायिक बिद्यालयमा एकरएकवटा पुस्तकालय
खोलिदिएका थिए । संखुवासभाका २६ वटा सामुदायिक बिद्यालयमा उनले पुस्तकालय खोलिदिएका छन् । मनराम
प्रतिष्ठान नामक संस्था दर्ता गरेर उनले जीवनभरी कमाएको रकम पछिल्लो ५ बर्षयता शिक्षा क्षेत्रमा खर्चिदै
आएका थिए ।

गरीब र पढ्नबाट बञ्चित बालबालिकाका लागि रामबहादुरले
छोराहरुको सहयोगमा पुस्तकालय खोलेका थिए । उनले शैक्षिक क्षेत्रमामात्रै २ करोड ५० लाखबढी लगानी गरेको
प्रतिष्ठानले जनाएको छ ।

उनले विद्युत लाईन बिस्तार नभएका
दुर्गम क्षेत्रका गरिब तथा जेहेन्दर बिद्यार्थीलाई ३ सय बढी सोलार लालटिन समेत यसैबर्ष बितरण गरेका थिए
। श्रेष्ठका ४ छोरा, २ जना छोरी छन् । श्रेष्ठको बुधबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड