Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण १० गते, बिहान ११:४५ बजे चितवन - CTW, समाज

चितवनमा ट्रक दुर्घटना हुदा एकको मृत्यु, दुई गम्भीर

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १०, चितवन | नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा एउटा भारतीय ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

उनीहरुको पहिचान खुलेको छैन । घाइतेलाई उपचारका लागि भरतपुर ल्याइँदै गरेको चितवन प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित घुमाउनेमा आज बिहान ३:५० बजेको समयमा सो दुर्घटना भएको हो ।

सुनौलीबाट काठमाडौँ जाँदै गरेको बिआर ३२ बीएन ३१०९ नंको भारतीय ट्रक ओभरटेक गर्ने क्रममा आफैँ अनियन्त्रित भई सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।

ट्रक सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो । अहिले उद्धारका लागि प्रहरी टोली घटनास्थलमा छन् । रासस