जिल्ला वन कार्यालय भक्तपुरले वन क्षेत्रमा सडक परेको भन्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जिल्ला वन कार्यालय भक्तपुरले वन क्षेत्रमा सडक परेको भन्द"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तीन जिल्ला जोड्ने सडक निर्माण रोकियो, स्थानीय आन्दोलित

२०७४, १० फाल्गुन बिहीबार ०६:२२

रमेश गिरी / फागुन १०, भक्तपुर | भक्तपुर, काभ्रे र ललितपुर जोड्ने सडक विस्तार कार्य रोकिएको छ । 


जिल्ला वन कार्यालय भक्तपुरले वन क्षेत्रमा सडक परेको भन्दै रोक लगाएपछि सूर्यविनायक नगरपालिका–८ सिपाडोलको घ्याम्पेडाँडादेखि पार्टी भन्याङसम्मको दुई किलोमिटर सडक विस्तारका कार्य रोकिएको हो । 

सडक विस्तारका क्रममा वन क्षेत्रमा पर्ने ५० मिटर सडक निर्माणमा कार्यालयले रोक लगाएपछि आक्रोशित स्थानीयले उक्त सडकमा दुई दिनदेखि प्रदर्शन गर्नुका साथै जिल्ला वन कार्यालयमा गएर ज्ञापनपत्रसमेत बुझाएका छन् । 

स्थानीय होटल व्यवसायी रामसुन्दर बकेले सिपाडोलको पाइलटबाबा आश्रम हुँदै घ्याम्पेडाँडादेखि, रानीकोट, आशापुरीलगायतका क्षेत्र पर्यटनको आकर्षण बनिरहेको बेला सडक विस्तारमा अवरोध हुँदा भक्तपुर र काभ्रेका बासिन्दालाई समस्या पर्नुका साथै भर्खरै शुरु भएको पर्यटन व्यवसायसमेत धरासायी बन्दै गएको बताउनुभयो । 

उहाँले भन्नुभयो– “गत वर्ष घ्याम्पेडाँडासम्म पक्की सडक बनाउन सरकारले रु १२ लाख बजेट दिएको थियो, पछि हामी व्यवसायी र स्थानीयले रु १० लाख थपेर रु २२ लाखमा सडक बनायौँ, अहिले त्यसभन्दा माथिको सडक फराकिलो पार्न खोज्दा रोकियो, यसले भक्तपुर र काभ्रेका बासिन्दालाई समस्या पारेको छ ।” 

डोजर लगाउँदा निस्किएको ढंगा र गिट्टीलाई सडक तल खसाल्दा बस्ती र व्यक्तिको जग्गा नै पुरिने भएकाले स्थानीय तहको सहमतिसमेतमा ढुंगा र गिट्टीलाई बाहिर लगेर व्यवस्थापन गर्दा वन कार्यालयले बाहिर लान नपाइने र वन क्षेत्र कटान गर्न नपाइने भन्दै रोक लगाएको छ । 

वन क्षेत्रमा सडक विस्तारका क्रममा केही ढुंगा र ग्राबेल निस्किएको बताउँदै उहाँले त्यसलाई अन्यत्र लैजान रोक लगाएपछि छदेखि आठ मिटरको चौडा सडक विस्तार बन्द भएको हो । 

आशापुरी महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष टुल्कु लामाले पाटी भञ्याङमा एक बाबाका लागि आश्रम बनाउन वन कार्यालयले सेपिलोपाखा सामुदायिक वनको जग्गा दिनुका साथै सयाँै रुख फँडानी गरेर बाटो विस्तार गर्न दिएको तर विकासका लागि सडक विस्तार गर्दा वनले रोकेको आरोप लगाउनुभयो । 

उहाँले भन्नुभयो– “एउटा बाबाका आश्रम बनाउन वन क्षेत्रमै कैयौँ रोपनी जग्गा दिने । आश्रममा जान कैयौँ रुख फडानी गरेर बाटो लैजान दिने वन कार्यालयले भक्तपुर, काभ्रे र ललितपुरको जोड्ने सडक विस्तारमा भने रोक लगाएको छ, अब हामी चुप लागेर बस्दैनाँै ।” 

स्थानीयले बासिन्दाले आफ्नै पहलमा घ्याम्पेडाँडादेखि पार्टीभञ्याङ आशापुरीसम्मको दुई किलोमिटर सडक विस्तार कार्य सञ्चालन शुरु गरेका हुन् । यो सडक विस्तारसँगै आशापुरी, काभ्रेको नैचाल हुँदै पनौती, कुशादेवी र ललितपुरको लाकुरी भञ्याङ जान सहज हुने हरियाली सामुदायिक वनका सचिव एवं काभ्रे नैचालका बासिन्दा लोकनाथ सापकोटाले बताउनुभयो । उहाँका अनुसार यो सडक विस्तार भए काभ्रे र सिपाडोलका माथिल्लो तामाङ बस्तीलाई निकै छोटो समयमा बजार जान आउन सकिने छ । 

विसं २०५५ जेठ २४ गते स्थानीय रेञ्जपोष्ट र तत्कालीन गुण्डु गाविस सचिव (प्रतिनिधिसभा सदस्य एवं पूर्व उद्योगमन्त्री) महेश बस्नेतले १८ फिट चौडाइ रहेको कच्ची सडक निर्माण गर्न स्वीकृति दिएपछि सडकको ट्र्याक खुलेको थियो । यति पुरानो सडक अहिले विस्तार गर्न लाग्दा पनि रोक्नु बिडम्बना भएको स्थानीय होटल व्यवसायी दीप थुलुङले बताउनुभयो । 

वडा नं ८ का वडाध्यक्ष किरण थापाले सडक नहुँदा यो क्षेत्रका स्थानीयलाई नगरपालिकासम्म पुग्न पनि सास्ती भएको बताउनुभयो । उहाँले भन्नुभयो– “वडा कार्यालयको समन्वयमा स्थानीयले आफ्नै पहलमा सडक विस्तार कार्य शुरु गरेका हुन्, यहाँ स्थानीय तहको लाखौँको बजेट खर्च जोगिएको छ, स्थानीयकै पहलमा समानान्तर कन्स्ट्रसनको सहयोगमा सडक निर्माणको कार्य अगाडि बढाइएको हो, तर वन कार्यालयले रोकिदिँदा विकास रोकिएको छ ।” 

जिल्ला वन कार्यालयका प्रमुख फणीन्द्र पोखरेलले वन विभागसँग स्वीकृति नै नलिई रानीकोट सामुदायिक वनको क्षेत्रबाट सडक विस्तार गर्न थालेकाले रोकेको बताउनुभयो । विभागसँग स्वीकृत नलिई जंगल क्षेत्रबाट सडक लैजान नपाइने उहाँको भनाइ थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा