२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

कर्णालीको सहुलियत टिकट वितरण एयरलाइन्सले लिने

१० फाल्गुन २०७४, बिहीबार ०९:३६

फागुन १०, डोल्पा | नेपालगञ्ज विमानस्थलदेखि कर्णालीका सम्पूर्ण जिल्लामा उडान गर्ने विभिन्न एयरलाइन्सको सहुलियत टिकट वितरणको जिम्मा एयरलाइन्स आफैँले लिने भएका छन् । 

वर्षौंदेखि कर्णालीको सहुलियत टिकटमा हुने मनपरिलाई रोक्न सम्बन्धित एयरलाइन्सलाई नै वितरण गर्न निर्देशन दिइएको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रतावबाबु तिवारीले बताउनुभयो । 

उहाँका अनुसार योभन्दा अगाडि सम्बन्धित जिल्लामा गठन गरिएको सेवा समाजलाई सहुलियत टिकट वितरणको जिम्मा दिने गर्दा टिकट वितरणमा मनपरि भएको बताउनुभयो । 

निजी विमान कम्पनीलाई सहुलियत उडानमा बिरामी, अशक्त, अपांग र विद्यार्थीलाई विशेष प्राथमिकतामा राखेर टिकट वितरण गर्नसमेत नागरिक उड्डयनले जारी गरेको पत्रमा उल्लेख गरिएको छ । 

प्रमुख तिवारीका अनुसार सिधै विमान कम्पनीको कार्यालयमा गएर सहुलियत टिकट लिनको लागि यात्रुलाई आग्रह गर्नुभएको छ । 

कर्णालीमा तारा, गोमा र सीता एअरलाइन्सले हप्तामा एउटा सहुलियत उडान गर्दै आएका छन् भने नेपाल एअरलाइन्सले भने एउटा विमानस्थलमा हप्तामा दुईवटा उडान गर्दै आएको छ । 

प्रायः निजी विमान कम्पनीले चार्टर उडानलाई प्राथमिकतामा राखेर सहुलियत उडानमा ढिलाइ गर्ने पाइएकाले हप्तामा एउटा मात्र गरिने सहुलियत उडानलाई प्राथमिकतामा राखेर उडान गर्न नेपाल वायुसेवा निगमले निजी विमान कम्पनीलाई आग्रहसमेत गरेको छ । 

नेपालगञ्जदेखि हुने चार्टर उडानमा दुईतर्फी भाडा लाग्ने गर्दछ भने सहुलियत उडानमा एकतर्फी भाडा मात्रै लाग्ने गर्दछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’