2026-07-25 06:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

नेपाल शिक्षक महासंघ डोल्पाको अध्यक्षमा डांगी सर्वसम्मत

टेकबहादुर शाही | फागुन १०, डोल्पा | नेपाल शिक्षक महासंघ डोल्पाको नया कार्य समितिको अध्यक्षमा बालकृष्ण डागी सर्वसम्मत भएका छन । बुधबार उद्धघाटन भई बिहिबार समपन्न भएको महासंघको पहिलो अबिधेशनबाट अध्यक्षमा डागी सर्वसम्मत चयन भएका हुन । पहिलो अधिबेशनबाट डागीको अध्यक्षतामा २७ सदस्यीय नेपाल शिक्षक महासंघ डोल्पाको नया जिल्ला कार्यसमिति चयन भएको शिक्षक महासंघले जनकारि दिएको छ । 

पहिलो अधिबेशनबाट निर्वाचन मण्डली,निर्वाचन सफल पार्न सहयोग गर्ने सबै शिक्षकहरुलाइ धन्यबाद ज्ञापन गर्दै ३ वटा निर्णय गरेको अन निर्वाचित अध्यक्ष बालकृष्ण डांगीले जानकारी दिए । उनका अनुसार अब शिक्षकका हकहित र अधिकारको लडाइ गरिने र कुनै पनि राजनितिक दलको नभनि काम गर्ने बताए । उनले भने अब गाउपालिका र नगरपालिकामा पनि सहमतिमा नै कार्य समितिको चयन हुने छ । 

बुधबार साझे देखि भएको बन्द सत्रमा पदिय भागबण्डामा कुरा नमिले पछि बिहिबार अपरान्ह मात्रै नया कार्य समितिले पूर्नता पाएको उपाध्यक्ष रोशन बिकले जानकारि दिए । उनका अनुसार बिभिन्न दलको भातृसंगठन अनुसार मदिय भागभण्डाको बिषयमा कुरा मिल्न समय लागे पछि बिहिबार मात्र पूर्णता पाएको बताए । उनले भने सबै दलबाट शिक्षक महासंघमा जिल्ला कार्य समितिमा प्रतिनिधित्व गराइएको छ समाबेशि पनि छ । 

नेपाल शिक्षक महांसघको पहिलो अधिबेशनबाट नवनिर्वाचित पदाधिकारीहरुमा अध्यक्षमा बालकृष्ण डांगी,सह–अध्यक्षमा भिम थापा,उपाध्यक्षमा रोशन बि.क.,महिला उपाध्यक्षमा लक्ष्मी ढकाल त्यसै गरि सचिवमा बिष्णुबहादुर बोहोरा,चन्द्ररुप शाही सह–सचिव,यगिता न्यौपाने महिला सह–सचिव र कमल महतारा सह–सचिव अर्थमा चयन भएका छन । त्यस्तै सदस्यहरुमा ईन्द्रा पुन,सरस्वती बुढा सहित १७ जना सदस्यमा निर्वाचित भएको महासंघले जनकारी दिएको छ । 

नेपाल शिक्षक महासंघ शिक्षकहरुको भातृसंगठनको छाता संगठन भएकोले जिल्लाका सबै शिक्षकहरुको हक,हित र अधिकारको बिषयमा काम गर्ने छाता संगठन भएको नबनिर्वाचित अध्यक्ष डांगीले जानकारी दिए । उनका अनुसार हाल डोल्पा जिल्लामा स्थायी,अस्थायी,करार र राहात सहित करिव ५ सय ५० भन्दा धेरै शिक्षक रहेकोले यिनै शिक्षकका हक,हित र अधिकारको बिषयमा अधिकार खोज्ने एक बलियो संगठन भएको बताए । 

डोल्पा जिल्ला दुर्गम र हिमाली जिल्ला भएको कारण शिक्षकले मिन पचार बिदा देखि राहात शिक्षक र अस्थायी शिक्षकहरुले पाउने सेवाहरु अन्य सुगम जिल्लाका शिक्षकहरु बरावर नपाउने गरेको अथार्थ रहेको भन्दै यस्तो अन्याय नगर्न सरकारसंग पहल गर्न शिक्षकहरुले नया कार्य समितिलाइ आग्रह गरेका छन । शिक्षकहरु भन्छन निजामति क्षेत्रका कर्मचारिहरुलाइ सुबिधा छ हामी दैनिक ड्यिूटि गर्छौ तर सवा भनेबमोजिम पाउदैनौ सरकारले शिक्षकलाइ सौतेनि ब्यवबहार गरेको छ उनिहरुको आरोप रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक