२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

मिथिलाञ्चलमा आजैदेखि विधिवत् होली पर्व शुरु

११ फाल्गुन २०७४, शुक्रबार ०८:५८

फागुन ११, गौशाला | महाकुम्भको रुपमा चर्चित १५ दिने माध्यमिकी परिक्रमामा भगवान रामचन्द्र र माता जानकीले होली खेलको संझनामा मिथिलाञ्चलमा आजदेखि होली पर्व शुरु भएको छ । 

प्रन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातांै दिनको बासस्थान कञ्चनवनमा भगवान रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एक आपसमा रंग र अबिरले होली खेलाइनुका साथै परिक्रमा सहभागी हजारांै साधु, सन्त महात्मा र गृहस्थ परिवारका साथै परिक्रमा यात्री समेतले एक–आपसमा रंग अबिर साटासाट गर्दै होली पर्वको शुरुवात गरेका हुन् । 

भगवान, साधु सन्त र महात्माले होली पर्वको शुरुवात गरिसकेकाले आज बिहानैदेखि मिथिलाञ्चलको गाउँ÷गाउँ तथा घरघरमा पनि रंग अबिरको प्रयोग शुरु भएको छ । 

यसगरी होलीको आगमनका अवसरमा प्रत्येक वर्ष झै आज बेलुकादेखि मिथिलाञ्चलको गाउँ÷गाउँमा होलीका गीत नाच, गान, हाँसो ठट्टा र व्यांगात्मक कविता तथा चुटकिलाको प्रस्तुती हुन्छ । 

परापूर्वकालमा भगवान रामचन्द्र र माता जानकी वनवास गएको दिनमा महोत्तरीको कञ्चनवनमा होली पर्व मनाउँदा सो ठाउँको माटो रातो भएको र सोही ठाउँ भएर बग्ने नदीको पानि पनि रातो भएको जनविश्वास छ । 

मिथिलाञ्चलका साधुसन्त महात्मा र गृहस्थ परिवार भगवानले वनवास गएको दिनलाई सम्झिदै १५ दिने परिक्रमा गर्दछन् र परिक्रममाकै क्रममा भगवानले होली पर्व खेलेको सम्झिदै सम्पूर्ण परिक्रमा यात्रीले पनि होली पर्व मानाउने गर्दछन् । धनुषाको हनुमानगढीमा गत बुधबार परिक्रमाका लागि भगवान रामचन्द्र र माता जानकीको डोला र परिक्रमायात्री जम्मा भई बिहीबारदेखि भारतको कलाणेश्वरबाट शुरु भएको परिक्रमा यात्रा १५ दिनमा जनकपुरमा पुगी समाप्त हुनेछ । 

महोत्तरीको कञ्चनवनमा सातौं दिनको बसाइ छोडेर आज बिहान होली मनाउँदै सम्पूर्ण परिक्रमायात्री आठौं दिनको बासका लागि धनुषाको पर्वता पुग्ने भएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य