२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्बतमा मगर संग्रालय बनाउन मगर महोत्सवको आयोजना

११ फाल्गुन २०७४, शुक्रबार १५:४६

फागुन ११, पर्वत । देशको तेस्रो ठूलो समुदायको रुपमा रहेको मगर समुदायहरुको आफ्नै पहिचान संरक्षणको लागि पर्वतमा रहेका मगर समुदायहरु लागि परेका छन् । पुन युवा क्लबले आफ्नो मगर समुदायहरुको पहिचान, धर्म संस्कृतिको  संरक्षणको लागि र मगर संग्राहलयको निर्माणको लागि मगर महोत्सवको आयोजना गरेको छ । ३६ औं मगर दिवसको अबसर पारी कुश्मामा शुक्रबारदेखि एक हप्ते मगर महोत्सव शुरु भएको हो । 

महोत्सवको प्रतिनिधिसभाका सदस्य पदम गिरीले  उद्घाटन गरे । उनले मगर समुदायको रहेको बाण हान्ने संस्कृति अनुसार तिर चलाएर महोत्सवको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै गिरीले मगर समुदायले नेपालको एकिकरण गर्नेदेखिबाटनै देशको लागि आफ्नो बलिदान, त्याग दिदै आएको बताए । उनले मगर समुदायकै कारण नेपालको एकिकरण सम्भव भएको समेत औलाए । 

जनजातिका रुपमा रहेको मगरहरु देशको जनजातिमा सवैभन्दा धेरै जनसंख्या तथा बाहुलिएता भएको समुदाय भएता पनि पछिल्लो समयमा मगरहरुको आफ्नो पहिचान गुमेको बेलामा पुन क्लबले सांस्कृतिक कार्यक्रमको आयोजना गरी आफ्नो पहिचानको खोजि गर्न थालेको बताए । गिरीले मगर संस्कृति संरक्षणको लागि मगर संग्राहलय  बनाउने जून उदेश्यका साथ क्लबले अभियान चलाएको छ त्यसमो आफूले सक्दो सहयोग गर्ने बताए । गिरीले उक्त संग्रालय निर्माणको लागि २० लाख बरारबको योजना ल्याएको समेत बताए ।

त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका नगर संयोजक शंकर गिरी, नेपाली काँग्रेसका सचिव विश्वप्रकाश प्रसाइ, नेकपा एमालेका भक्त कुवँर लगाएतले आआफ्नो धारणा राखेका थिए । सात दिनसम्म चल्ने मगर महोत्सवमा पुरुष, महिला, प्रौढ भलिबल, बास्केट बलका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु हुने छन् । पूरुष भलिबल स्थानीय तह स्तरीय हुनेछ जसको विजेताले १ लाख ११ हजार १ सय ११, दृतियले ७० हजार ७ सय ७७ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली