२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोटको पलातामा एक घर एक धारा

२०७४, ११ फाल्गुन शुक्रबार १६:०७

फागुन ११, कालीकोट | खानेपानीको चरम अभाव खेपिररहेको कालीकोटको पलातामा एक घर एक धारा निर्माण अभियान थालिएको छ । खानेपानीको सहज पहुँच पुर्याउन एक घर एक धारा अभियान थालिएको हो ।

पहिलो चरणमा पलाँता गाउँपालिकाले वडा नम्बर– ९ मा एक घर एक धारा निर्माण गर्ने तयारी थालेको पलाता गाउँपालिकाका प्रशासकीय अधिकृत लेखबहादुर क्षेत्रीले बताए । ‘यसै आर्थिक वर्षमा वडा नम्बर– ९ का सबै घरधुरीमा स्वच्छ खानेपानी, शौचालय, करेसाबारी, भाँडा सुकाउने चाङ, महिनावारी व्यवस्थापनलगायतका कामहरू हुनेछन्’, उनले भने, ‘सरकारको दिगो विकास लक्ष्य बुँदा नम्बर ६ लाई सघाउ पुग्ने हेतुले एक घर एक धारा र सरसफाई व्यवस्थापनको कामलाई अघि बढाइएको छ ।’

गाउँपालिकाले विकासका कामलाई तीब्रता दिन केही नीतिगत निर्णयसमेत गरेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए। ‘पलाताका वडा नम्बर १, २, ३, ४, ५ र ६ मा सरकारको वृहत खानेपानी आयोजना, वडा नम्बर ७, ८ र ९ मा खानेपानी तथा सरसफाई प्रवद्र्धनका कामहरू गरिरहेका छन्’, उनले भने, ‘खानेपानी आयोजना र एक नमुना शौचालय निर्माण गर्ने दिगो खानेपानी सरसफाईलाई प्राथमिकता दिइएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते