Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पाँच सय स्वयंसेवक राष्ट्रिय मान्यताबाट वञ्चित

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १२, ललितपुर । ललितपुर महानगरापलिकामा कार्यरत झण्डै ५०० स्वयंसेवक राष्ट्रिय मान्यताबाट बञ्चित भएका छन् ।

राष्ट्रिय मान्यता नपाउँदा सरकारले उपलब्ध गराउँदै आएको सामान्य सुविधाबाट समेत आफूहरु वञ्चित हुनुपरेको उनीहरुले बताएका छन् । ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्कीले महानगरपालिकामा तीन दशकभन्दा बढी समयसम्म काम गर्नेले समेत राष्ट्रिय मान्यता नपाएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “सरकारले दिएको जिम्मा पूरा गर्दागर्दै पनि हामीलाई मान्यता दिइएको छैन ।”

महानगरपालिकामा अहिले झण्डै ६०० स्वयंसेवक कार्यरत छन् । तीमध्ये १३३ जनाले मात्रै मान्यता पाएका छन् । जिल्लामा १०० पुरुष स्वयंसेवक कार्यरत छन् । उनीहरु कसैले पनि मान्यता पाएका छैनन् । कार्की भन्नुहुन्छ, “सरकारको स्वास्थ्य कार्यक्रम सफल बनाउन जनताको घरघरमा पुग्ने स्वयंसेवकलाई बेवास्ता भइरहेको छ ।”

राष्ट्रिय मान्यता पाएका स्वयंसेवकले सरकारबाट प्रोत्साहनका रुपमा वार्षिक र लुगा र सेवानिवृत्ति भत्ता र उपचार खर्च पाउँछन् । राष्ट्रिय मान्यता नपाएका स्वयंसेवक ती सुविधाबाट वञ्चित छन् ।

सरकारबाट विभेद भए पनि गर्दै आएको काम नछाड्ने स्वयंसेवक बताउँछन् । उपमहानगरपालिका हुँदादेखि नै सञ्जालले स्वयंसेवकलाई मान्यता दिलाउनका लागि भन्दै आएको कार्की बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “जनप्रतिनिधि आएकाले अब हाम्रा कुरा सुनिने आशा छ ।” यहाँ कार्यरत स्वयंसेवकले झण्डै चार वर्षदेखि तालीमसमेत पाएका छैनन् । रासस