२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

पाँच सय स्वयंसेवक राष्ट्रिय मान्यताबाट वञ्चित

१२ फाल्गुन २०७४, शनिबार ०४:२७

फागुन १२, ललितपुर । ललितपुर महानगरापलिकामा कार्यरत झण्डै ५०० स्वयंसेवक राष्ट्रिय मान्यताबाट बञ्चित भएका छन् । 

राष्ट्रिय मान्यता नपाउँदा सरकारले उपलब्ध गराउँदै आएको सामान्य सुविधाबाट समेत आफूहरु वञ्चित हुनुपरेको उनीहरुले बताएका छन् । ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्कीले महानगरपालिकामा तीन दशकभन्दा बढी समयसम्म काम गर्नेले समेत राष्ट्रिय मान्यता नपाएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “सरकारले दिएको जिम्मा पूरा गर्दागर्दै पनि हामीलाई मान्यता दिइएको छैन ।” 

महानगरपालिकामा अहिले झण्डै ६०० स्वयंसेवक कार्यरत छन् । तीमध्ये १३३ जनाले मात्रै मान्यता पाएका छन् । जिल्लामा १०० पुरुष स्वयंसेवक कार्यरत छन् । उनीहरु कसैले पनि मान्यता पाएका छैनन् । कार्की भन्नुहुन्छ, “सरकारको स्वास्थ्य कार्यक्रम सफल बनाउन जनताको घरघरमा पुग्ने स्वयंसेवकलाई बेवास्ता भइरहेको छ ।” 

राष्ट्रिय मान्यता पाएका स्वयंसेवकले सरकारबाट प्रोत्साहनका रुपमा वार्षिक र लुगा र सेवानिवृत्ति भत्ता र उपचार खर्च पाउँछन् । राष्ट्रिय मान्यता नपाएका स्वयंसेवक ती सुविधाबाट वञ्चित छन् । 

सरकारबाट विभेद भए पनि गर्दै आएको काम नछाड्ने स्वयंसेवक बताउँछन् । उपमहानगरपालिका हुँदादेखि नै सञ्जालले स्वयंसेवकलाई मान्यता दिलाउनका लागि भन्दै आएको कार्की बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “जनप्रतिनिधि आएकाले अब हाम्रा कुरा सुनिने आशा छ ।” यहाँ कार्यरत स्वयंसेवकले झण्डै चार वर्षदेखि तालीमसमेत पाएका छैनन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा