2026-10-29 06:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा पुगेनन किताब बालबालिकाको हातमा

टेकबहादुर शाही/फागुन १२, डोल्पा । डोल्पाको नया शैक्षिक सत्र सुरु भई बिद्यालय खुलेको २ साता बित्न लाग्दा समेत बिद्यालय जाने बालवालिकाको हातमा किताब पुगेका छैनन । 

फागुनको पहिलो साता साझा प्रकाशन र निजी क्षेत्रको बिक्रेताहरुबाट डोल्पाका लागि किताब बुझेका ७ वटा स्थानीय एजेन्टहरुले अझै बिद्यालयमा किताब पुय्याउन नसकको जिल्ला शिक्षा कार्यालय डोल्पाले जानकारि दिएको छ । 

सबै भन्दा पहिले किताब मुड्केचुला गाउपालिकाको कालिका र नर्कूमा पुगेर आइतबारबाट बितरण गरिने स्थानीय एजेन्ट लंकबहादुर रोकायाले जानकारि दिए । त्यसै गरि दुनै र फोक्सुण्डोको जिम्मा लिएका बिष्णुलाल बुढाले पनि दुनै सम्म किताब पुर्याएका छन । अर्का स्थानीय बिक्रेता पूर्ण प्रसाद न्यौपानेले पनि अबको केहि दिनमा किताब बितरण हुने बताए । 

जिल्लाका बिभिन्न क्षेत्रका लागि ७ वटा स्थनीय एजेन्टहरुले ढुवानी गर्ने भए पनि कति जनाले बिद्यार्थीहरुको हातमा पारे भन्ने कुनै जानकारि नदिएको तर कार्यालय निरन्तर पहलमा लागि रहेको निमित्त जिल्ला शिक्षा अधिकारी सिंहराज डांगीले जानकारि दिए । 

उनले भने किताब आउदै गर्लान आमाी पहल गरिरहेका छौ तर बिद्यालयमा भएका पुराना किताब प्रयोग गरेर शिक्षकले बिद्यालय खोली बालवालिकालाइ पढाउ ।

शैक्षिक सत्र ०७५ का लागि डोल्पा जिल्लामा ९ हजार ७ सय ९१ थान किताब स्थानीय एजेन्टले ढुवानी गर्नु पर्ने छ । जनक शिक्षा सामाग्री र निजी क्षेत्रले डोल्पा जिल्लाका कक्षा १ देखि १० सम्मका बिद्यार्थीका लागि किताब बितरण गर्ने जिम्मा लिएको जनक शिक्षा सामाग्री क्षेत्रिय प्रमुख रबिन्द्र शर्माले जानकारि दिए ।  

कक्षा १ देखि ५ सम्म निजी क्षेत्रले र कक्षा ६ देखि १० सम्म जनक शिक्षा सामाग्री आफैले जिल्लामा किताब बितरण गर्ने जिम्मा लिएको छ । यस बर्ष डोल्पा जिल्लाको लागि ७ वटा स्थानीय बिक्रेताहरुले जिम्मा लिएका छन । 

यस बर्ष डोल्पा जिल्लामा कक्षा १ देखि ५ सम्म ६ हजार १ सय ४६,कक्षा ६ देखि ८ सम्म २ हजार २ सय १६ त्यसै गरि कक्षा ९ देखि १० सम्म १ हजार ४ सय २९ गरि जम्मा ९ हजार ७ सय ९१ थान किताब जिल्लाका बिद्यालयमा ल्याउनु पर्ने निमित्त जिल्ला शिक्षा अधिकारी सिंहराज डांगीले जानकारि दिए । 

स्थानीय बिक्रेताले मिलेमतो गरेर किताब बिद्यालयमा नल्याइ बाटैमा बितरण गर्ने गुनासो बढेकोले त्यस्तो गर्ने बिक्रेतालाइ निगारिन गरिने जनक शिक्षा सामाग्रीले जानकारि दिएको छ । 

जिल्लामा कक्षा एकका बालवालीकाले एक थानको २ सय ३८ रुपैया र कक्षा १० का वालवालीकाको लागि एक थानको ७ सय ४५ रुपैया तिर्नु पर्ने छ । सरकारले निःशुल्क प्रधान गर्ने किताब शैक्षिक सत्र सकिन लाग्दा पनि वालवालीकाको हातमा नपर्ने गरेकोले यस बर्ष डोल्पामा छिट्टै बिताव वालवालीकाको हातमा पार्ने प्रयास गरि रहेको जिल्ला शिक्षा कार्यालय जानकारि दिएको छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम