२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगा: खिजिदेम्बाको व्यापारिक केन्द्र फोहोरमैलाले दुर्गन्धित (फोटोफिचर)

१२ फाल्गुन २०७४, शनिबार १३:४३

पूर्णप्रसाद न्यौपाने/फागुन १२, ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकाको केन्द्रमा रहेको व्यापारिक केन्द्र खिजिफलाटे बजारमा स्थानीय बासिन्दाले जथाभावी फोहोर फालेपछि दुर्गन्धित हुन थालेको छ ।


बजार क्षेत्रमा रहेका होटल सञ्चालक र साप्ताहिक रुपमा बुधबार लाग्ने हाटबजारमा सञ्चालन हुने अस्थायी पसल तथा होटल सञ्चालनहरुले फालेको फोहोरका कारण पर्यटकीय र व्यापारिक स्थलको रुपमा परिचित खिजीफलाटे बजार दुर्गन्धित बन्न थालेको हो । 

होटल व्यवसायबाट आउने फोहोर बाटो तथा बजार क्षेत्रमा जथाभावि फालेका कारण  बजार क्षेत्र दुर्गन्धित र कुरुप बन्दै गएको छ । साप्ताहिक रूपमा लाग्ने बुधबारे बजारका दिन निस्केको फोहोर मैला र स्थानीयहरुले घरबाट निस्केको फोहोर बजार आसपासका जंगल र खोल्साखोल्सीमा थुपार्ने गरेका छन् । फोहोर मैलाबाट आउने दुर्गन्धले बजार क्षेत्रका होटलहरुमा खान र बस्ने समेत असहज हुने गरेको छ ।  


फोहोरका कारण बजार क्षेत्र कुरुप बन्दै गएको एकल सगरमाथा आरोही खिजीदेम्वा ९ का पेम्वा शेर्पाले बताए । ‘पर्यटकीय क्षेत्र समेत रहेको गाउँपालिकाको केन्द्र नै फोहोरले दुर्गन्धित हुनु दुखद कुरा हो, यसमा स्थानीय सरकारले चासो दिनु पर्छ’ शेर्पाले भने । 

जिल्लाकै चर्चित पर्यटकीय क्षेत्र देम्वाको पर्यटन रुट समेत रहेको यही बजार क्षेत्र हुदै गएको छ । खिजीफलाटे बजार दुर्गन्धित हुँदा नजिकै रहेको विद्यालयमा समेत असर परेको फुलमति माविका प्रधानाध्यापक रुद्रशंकर घिमिरेले गुनासो गरे । 


बजार क्षेत्रको फोहोर व्यवस्थापन गर्न स्थानीय सरकार र जनप्रतिनिधीहरुले चासो नदिएको उहाँको आरोप छ । स्थानीय जनप्रतिनिधिहरुको वेवास्ताका कारण बजारबाट उत्पादन हुने फोहोरको व्यवस्थापन नगरेको स्थानीयको आरोप छ । 

गाउँपालिकाले भने फोहोर व्यवस्थापनको योजना बनाए पनि काम शुरु गरेको छैन । गाउँपालिका प्रमुख बेदबहादुर रोकाले फोहोर व्यवस्गापनका लागि काम भइरहेको र डम्पिङ साइड खोजिएको जानकारी दिए । 


यस अघि बजार व्यवस्थापन समितिले काम गरे पनि अहिले समितिले सबै विवरण वडा नं. ५ को वडा कार्यालयलाई हस्तान्तरण गरिसकेको छ । समितिका अध्यक्ष राकेश सुनुवारले जनप्रतिनिधी आइसकेपछि आय व्यायसहितको विवरण वडा अध्यक्ष राम सुनुवारलाई हस्तान्तरण गरि सकेका छन् । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य