2026-08-26 11:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगा: खिजिदेम्बाको व्यापारिक केन्द्र फोहोरमैलाले दुर्गन्धित (फोटोफिचर)

पूर्णप्रसाद न्यौपाने/फागुन १२, ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकाको केन्द्रमा रहेको व्यापारिक केन्द्र खिजिफलाटे बजारमा स्थानीय बासिन्दाले जथाभावी फोहोर फालेपछि दुर्गन्धित हुन थालेको छ ।

बजार क्षेत्रमा रहेका होटल सञ्चालक र साप्ताहिक रुपमा बुधबार लाग्ने हाटबजारमा सञ्चालन हुने अस्थायी पसल तथा होटल सञ्चालनहरुले फालेको फोहोरका कारण पर्यटकीय र व्यापारिक स्थलको रुपमा परिचित खिजीफलाटे बजार दुर्गन्धित बन्न थालेको हो । 

होटल व्यवसायबाट आउने फोहोर बाटो तथा बजार क्षेत्रमा जथाभावि फालेका कारण  बजार क्षेत्र दुर्गन्धित र कुरुप बन्दै गएको छ । साप्ताहिक रूपमा लाग्ने बुधबारे बजारका दिन निस्केको फोहोर मैला र स्थानीयहरुले घरबाट निस्केको फोहोर बजार आसपासका जंगल र खोल्साखोल्सीमा थुपार्ने गरेका छन् । फोहोर मैलाबाट आउने दुर्गन्धले बजार क्षेत्रका होटलहरुमा खान र बस्ने समेत असहज हुने गरेको छ ।  

फोहोरका कारण बजार क्षेत्र कुरुप बन्दै गएको एकल सगरमाथा आरोही खिजीदेम्वा ९ का पेम्वा शेर्पाले बताए । ‘पर्यटकीय क्षेत्र समेत रहेको गाउँपालिकाको केन्द्र नै फोहोरले दुर्गन्धित हुनु दुखद कुरा हो, यसमा स्थानीय सरकारले चासो दिनु पर्छ’ शेर्पाले भने । 

जिल्लाकै चर्चित पर्यटकीय क्षेत्र देम्वाको पर्यटन रुट समेत रहेको यही बजार क्षेत्र हुदै गएको छ । खिजीफलाटे बजार दुर्गन्धित हुँदा नजिकै रहेको विद्यालयमा समेत असर परेको फुलमति माविका प्रधानाध्यापक रुद्रशंकर घिमिरेले गुनासो गरे । 

बजार क्षेत्रको फोहोर व्यवस्थापन गर्न स्थानीय सरकार र जनप्रतिनिधीहरुले चासो नदिएको उहाँको आरोप छ । स्थानीय जनप्रतिनिधिहरुको वेवास्ताका कारण बजारबाट उत्पादन हुने फोहोरको व्यवस्थापन नगरेको स्थानीयको आरोप छ । 

गाउँपालिकाले भने फोहोर व्यवस्थापनको योजना बनाए पनि काम शुरु गरेको छैन । गाउँपालिका प्रमुख बेदबहादुर रोकाले फोहोर व्यवस्गापनका लागि काम भइरहेको र डम्पिङ साइड खोजिएको जानकारी दिए । 

यस अघि बजार व्यवस्थापन समितिले काम गरे पनि अहिले समितिले सबै विवरण वडा नं. ५ को वडा कार्यालयलाई हस्तान्तरण गरिसकेको छ । समितिका अध्यक्ष राकेश सुनुवारले जनप्रतिनिधी आइसकेपछि आय व्यायसहितको विवरण वडा अध्यक्ष राम सुनुवारलाई हस्तान्तरण गरि सकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह