२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

सबै भाषाले सम्मान पाएमा राष्ट्रियता सुदृढ हुने

१३ फाल्गुन २०७४, आईतवार ०६:०७

फागुन १३, बर्दिवास। साझा भाषाको नीतिले नेपाली राष्ट्रियता सुदृढ हुने विचार व्यक्त गरिएको छ । 

बर्दिवासस्थित आधारशिला र जयगोविन्द साह अध्ययन केन्द्रले शनिबार आयोजना गरेको ‘नेपाली राष्ट्रियता र भाषा’ विषयको प्रवचन गोष्ठीमा वक्ताले देशमा बोलिने सबै भाषाले उचित सम्मान पाए मात्र नेपाली राष्ट्रियता सुदृढ हुन सक्ने बताउनुभयो । 

आधारशिला स्थापनाको १५ औं वार्षिकोत्सव र अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा आयोजित कार्यक्रममा साहित्यकार मोदनाथ प्रश्रितले हिन्दूहरुको आदिग्रन्थ ‘वेद’मा नै ‘सबै सँगै हिँडौँ, सबैसँगै बोलौ’ भनिए पनि त्यसलाई कर्मकाण्डीय रुपमा लिइँदा असमानता बढेको बताउनुभयो । समृद्ध भाषाले समृद्ध राष्ट्र निर्माण गर्छ भन्ने विद्वान्को मतलाई अब व्यवहारमा उतार्नुपर्ने उहाँको भनाइ थियो । 

अध्ययन केन्द्रका अध्यक्ष विन्देश्वर साहको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता रामचन्द्र झाले पछिल्लो कालखण्डमा राज्यले अख्तियार गरेको ‘एउटै भाषा, एउटै वेश’ को नीतिले ओझेल्याउन खोजेको बताउनुभयो । राज्यले अब भाषासम्बन्धी नीति बनाएर लिपि भएका भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिँदै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । 

भाषाविद् एवं पूर्वसांसद गोपाल ठाकुरले भाषा र राष्ट्रियता एकार्कासँग अनोन्याश्रित रुपमा जोडिएका विषय भएकाले भाषाको कुरा पन्छाएर सुदृढ राष्ट्रियताको कल्पना गर्न नसकिने बताउनुभयो । 

वाम बुद्धिजीवी श्याम श्रेष्ठले नेपाली समृद्ध भाषा भइसकेकाले अब अर्को भाषालाई स्थान दिँदा अप्ठ्यारो पो पर्ने हो कि भन्ने चिन्ता नगर्न नेपालीभाषीसँग आग्रह गर्नुभयो । उहाँलेमुख्यतः भाषाभित्रैबाट आफ्नो पहिचान खोजिने हुनाले सबै भाषाभाषीले ‘मेरो देश नेपाल र म नेपाली’ भन्ने भावना जागृत गराउन भाषा नीति लचिलो हुनैपर्ने औंल्याउनुभयो । 

राजपा नेपालकी नेत्री एवं प्रदेशसभा सदस्य सुरिता साहले हिन्दी सरकारी कामकाजको भाषा बन्नुपर्ने आफुहरुको पुरानो अडान कायम रहेको बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य