२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीको गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गर्न माग

१३ फाल्गुन २०७४, आईतवार ०६:३१

फागुन १३, म्याग्दी | धौलागिरि गाउँपालिका–१ गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गर्न माग गरिएको छ । 

वडा समितिको आजको बैठकले जिल्ला र गाउँपालिकाकै सबैभन्दा दुर्गम, अल्पसंख्यक छन्त्याल जातिको सघन बसोवास वतथा प्राकृतिक स्रोत एवं साधनले भरिपूर्ण गुर्जालाई संविधानमा व्यवस्था भएबमोजिम स्वायत्त क्षेत्र घोषणा गर्न माग गर्ने निर्णय गरेको वडाध्यक्ष झकबहादुर छन्त्याल बताउनुभयो । 

छन्त्यालको अध्यक्षतामा बसेको बैठकले आवश्यक मापदण्ड पूरा हुने भएकाले गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन गाउँपालिका, जिल्ला समन्वय समिति, प्रदेशसभा, प्रदेश सरकार, प्रतिनिधिसभा हुँदै संघीय सरकारलाई अनुरोध गरेको छ । 

‘‘उच्च हिमाली काखमा रहेको गुर्जामा अल्पसंख्यक छन्त्याल जातिको बसोबास रहेको छ, छुट्टै वेशभूषा, भाषा, संस्कृति र परम्परा रहेको सो क्षेत्रलाई स्वायत्त तथा संरक्षित क्षेत्रका लागि आवश्यक मापदण्ड पुगेकाले सम्बन्धित निकायमा माग गरेका हौँ,’’, वडाध्यक्ष छन्त्यालले भन्नुभयो । 

जिल्ला सदरमुकाम बेनीदेखि २६ कोश टाढाको गुर्जा गाउँपालिकाको केन्द्र मुनाको घट्टेखोलादेखि एक दिनको पैदलदूरीमा अवस्थित छ । वरिपरि हिमाल, घनाजंगल र अग्ला पहाडका बीचमा अवस्थित गुर्जामा भौगोलिक विकटताका कारण राज्यको सेवा सुविधा र पहुँच सहज तवरले अझै पुग्न सकेको छैन । 

प्राकृतिक स्रोत र साधनले परिपूर्ण गुर्जामा धौलागिरि हिमशृंखलाअन्तर्गत पर्ने गुर्जामा गुर्जा पश्चिम, चुरेन र पुथा हिमाल तथा मुलुककै एक मात्र आरक्ष ढोरपाटन शिकार आरक्षसमेत समेटिएको छ । म्याग्दीको ‘एक गाउँ एक वडा’ का रुपमा चिनिएको गुर्जा बागलुङ, रुकुम र डोल्पासँग सिमाना जोडिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने