भरतपुरस्थित दी फ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भरतपुरस्थित दी फ"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनको देवघाटमा मलामी विश्रामस्थल निर्मित

२०७४, १३ फाल्गुन आईतवार ०६:४५

फागुन १३, चितवन | प्रमुख सेनानी सुरेन्द्र सापकोटा र उहाँकी धर्मपत्नी लक्ष्मीले देवघाटमा मलामी विश्रामस्थल निर्माण गर्नुभएको छ । 


भरतपुरस्थित दी फेमस महेन्द्र दल गणका गणपति सापकोटाले आफ्ना मातापिताका नाममा रहेको दिलबहादुर–जसुदा फाउण्डेशनबाट निजी खर्चमा बनाएको विश्रामस्थल आज उद्घाटन गरिएको छ । सो अवसरमा प्रमुख सेनानी सापकोटाले मलामी आएका व्यक्ति पानी पर्दा र चर्को घाम लाग्दा ओत लाग्न कठिन भएको देखेपछि विश्रामस्थल निर्माण गरिएको बताउनुभयो । 

रु चार लाख खर्च गरेर एक महिनामा सिमेन्टको पिलर र टिनको ट्रसबाट बनाइएको विश्रामस्थलमा करीब १०० मलामी बस्न मिल्छ । देवघाट क्षेत्र विकास समितिको गुरुयोजनाअन्तर्गत थप व्यवस्थित गर्नुपरेमा आवश्यक काम फाउण्डेशनका तर्फबाट गरिने उहाँले बताउनुभयो । फाउण्डेशन तनहुँको दमौलीमा स्थापना गरिएको हो । 

देवघाटमा चितवनसहित छिमेकी जिल्लाबाट शव दहनका लागि ल्याइन्छ । देवघाटमा व्यापार व्यवसाय गर्दै आउनुभएका समाजसेवी रत्नलाल शर्मा कँडेलले एक दिनमा करीब ३५ शव दहनका लागि ल्याइने गरेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण