१२ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तुलसीपुरमा यातायात व्यवसायी बीच झडप, राप्ती समितिका अध्यक्ष घाइते

२५ बैशाख २०७३, शनिबार ०८:४६

jhadapसन्तोषकुमार गुप्ता/बैशाख २५, दाङ । मालिका–कालिका यातायात प्रालिले आज दाङको तुलसीपुर बाट रूकुममा यात्रुवाहक बस सञ्चालन गर्ने क्रममा गाडीमा अबरोध गर्न खोज्दा राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी र प्रहरी बीच झडप भएको छ ।

झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दा राप्ती समितिको नेतृत्व गरिरहेका समितिका अध्यक्ष सुरेस हमालको टाउकोमा चोट लागेको छ । मालिका–कालिका यातायात प्रालिले रूकुम छुटाउन लागेको नम्बरको एसि हाइसमा तोडफोड गर्ने क्रममा लाठी चार्ज गर्दा हमाललाई चोट लागेको इप्रका तुलसीपुरले जनाएको छ । प्रालिका बस र कर्मचारीमाथि आक्रमण गर्न खोज्ने राप्ती समितिका कर्मचारी धनबहादुर डाँगीलगायत ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पत्रकारको क्यामेरा खोसियो
प्रालिले रूकुम गाडी छुटाउन खोज्दा समाचार संकलनमा खटिएका मलाय नेपाल डट नेटका सम्पादक एवं पत्रकार नेपाल महासंघका साधारण सदस्य गणेश आचार्यको क्यामेरा राप्ती समितिका बरिस्ठ उपाध्यक्ष भरतनाथ योगले खोसेर लगेका छन् ।

सम्पादक आचार्यले आफूले फोटो खिच्दै गर्दा राप्ती समितिका अध्यक्ष सुरेस हमालले आक्रमण गर्न निर्देशन दिएपछि बरिष्ठ उपाध्यक्ष योगीले क्यामेरा खोसेर लगेको जानकारी दिएका । उनले आफ्नो क्यामेरा खोसिएको बारेमा पत्रकार महासंघलाई लिखित जानकारी गराएको जानकारी दिएका छन् ।

राप्ती समितिले यातायात ठप्प पारेपछि राप्तीको जनजीवन कष्टकर
राप्ती अञ्चल बस समितिले तुलसीपुर–रुकुम सडक खण्डमा यातायात ठप्प पारेपछि राप्तीको जनजीवन कष्टकर बनेको छ । राप्ती समिति, कालिका मालिका र दाङ प्रालि बीच सल्यान रुकुम सडकमा बस चलाउने विषयमा विवाद भएपछि राप्ती समितिले यातायात ठप्प पारेको हो ।

समितिले आज बिहानैदेखि यातायात ठप्प परेपछि गन्तव्यसम्म पुग्ने सयौं यात्रुहरु मर्कामा परेका छन् । गन्तव्यसम्म पुग्न नसक्दा यात्रुहरु अन्यौलमा परेका छन् । हिजो बिहान पनि यसै विषयमा विवाद भएपछि यातायात ठप्प पारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले कार्यभार सम्हाल्दै भने, ‘रोकिएको आईपीओ चाँडै निष्काशन गर्छौं’ पाकिस्तानका सोएब मकसुद एनपीएल खेल्न नआउने भएपछि जनकपुर बोल्ट्सलाई धक्का रास्वपाका प्रमुख सचेतक परियार र प्रधानमन्त्री ओलीबीच भेटवार्ता पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगे एनपीएलका लागि क्यानले भित्र्यायो ६ विदेशी कमेन्टेटर, को-को हुन्? दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगहरूको लाइन तत्काल नकाटिने प्रधानमन्त्री ओलीको चीन भ्रमण: यस्तो छ भ्रमण तालिका एनपीएल खेल्न नेपाल आइपुगे वाल्टन र बाबर एनपीएल उद्घाटन खेलको सबै टिकट ‘सोल्ड आउट’ एनपीएल २०२४ मात्र डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा आज बुधबार फेरी बढ्यो सुनको भाउ, तोलाको कति? प्रधानमन्त्री ओलीले सबै मन्त्री र सचिवलाई बोलाए च्याम्पियन्स लिगमा ब्रेस्टलाई ३–० ले हराउदै बार्सिलोना विजयी बढ्यो अमेरिकी डलरको भाउ, अरू कुनको मूल्य कति कर्णाली याक्सबाट खेल्न वेष्ट इन्डिजका वाल्टन आइपुगे नेपाल आज यी भूभागमा वर्षाको सम्भावना, तराईमा हुस्सु रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा ‘अन्य आदेश’ कम्बोडिया काण्डमा प्रधानमन्त्री ओलीलाई हत्कडी लगाएर छानविन गर्नुपर्छ: राप्रपा काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई