Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२१ मंसिर २०८२, शनिबार
अर्घाखाँची - AGK

गायिका जलजलाको उपचारका लागि सहयोग

१३ फाल्गुन २०७४, आईतवार १०:४६

फागुन १३, अर्घाखाँची | अर्घाखाँचीको सन्धिखर्क घर भएकी गायिका जलजला परियारलाई उपचारका लागि दक्षिण कोरियामा काम गर्दैआएका अर्घाखाँचीवासीले सहयोग गरेको छ । 

मीठो स्वरकी धनी २१ वर्षीया गायिका परियार दुवै मिर्गौलाले काम गर्न छाडेपछि अहिले शिक्षण अस्पतालमा जीवनका लागि संघर्ष गरिरहेकी छन् । ‘नेपाली तारा सिजन–३’ मा सहभागी भएपछि स्रोता तथा दर्शकमाझ चिनिएकी उनले धेरै गीतमा स्वर भरेकी छन् । उनका ‘केही कदम’ सँगै ‘ढुंगाको मन हुनेलाई’, ‘म त रोएँ रोएँ’ लगायतका गीत चर्चित छन् । 
चलचित्र ‘बाटोमुनिको फूल २’ मा यश कुमारसँग गाएको, ‘केही कदम तिमीसँगै हिँड्ने मन छ, नजिकबाट तिमीलाई चिन्ने मन छ’ भन्ने यो गीतले उनलाई सांगीतिक क्षेत्रमा सबैसामु चिनाएको हो । तर अहिले उनै गायिका अस्पतालको शय्याबाट जीवनको याचना गरिरहेकी छिन् । 
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी परियारलाई रु एक लाख १३ हजार ३५० सहयोग रकम हस्तान्तरण गरेको छ । 
कोरियामा कार्यरत नेपालीबाट संकलन गरिएको रकमलाई एकमुष्ट गरी हस्तान्तरण गरिएको मञ्चका कोषाध्यक्ष राज खनालले जानकारी दिनुभयो । 
गायिका परियारलाई मिर्गौला प्रत्यारोपणका लागि आर्थिक अभावका कारण समस्या परेको भन्ने खबर पाएपछि नेपालीसँग रकम संकलन गरिएको उहाँले बताउनुभयो । संकलित रकम मञ्चका सल्लाहकार प्रकाश बेलबासेमार्फत हस्तान्तरण गरिएको हो ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान