Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा अचम्मको बच्चा जन्मियो, एउटा आँखा, नाक र मुख नै देखिदैन

२०७४, १३ फाल्गुन आईतवार १०:५६

पूर्णप्रसाद न्यौपाने | फागुन १३, ओखलढुंगा | ओखलढुंगा, फागुन १३– ओखलढुंगामा पेटभित्रै ट्यूमर भएको बच्चा जन्मिएको छ । ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा आमाको पेटमै ट्यूमर भएको अनौठो शिशुको जन्म भएको हो । मानेभन्ज्याङ गाउँपालिका ४, केत्तुकेका लक्ष्मण गुरुङ र विपना गुरुङको पहिलो सन्तान (छोरी) को जन्मदै टाउको र अनुहारमा ट्यूमर देखिएको छ । २९ वर्षिय विपनाले अनौठो शिशुलाई जन्माएकी हुन् ।

शिशुको टाउकोको दायाँ तर्फको आकार निकै ठूलो छ । एउटा आँखा, नाक र मुख नै देखिदैन । २ किलो ७ सय ग्राम तौल भएको शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । आमाको दुध तान्न नसक्ने भएकाले अहिले शिशुलाई इन्कुवेटरमा राखिएको छ ।

अहिलेको अवस्था हेर्दा बच्चालाई आमाको पेटभित्रै ट्यूमर भएको अनुमान चिकित्सकले गरेका छन् । उनलाई केही दिन बढ्न दिएर थप परिपक्व भएपछि काठमाडौं रेफर गरिने अस्पतालका चिकित्सक (एमडिजिपी) संजय पोख्रेलले बताउनुभयो । डा.पोख्रेलका अनुसार उनको सिटिस्क्यान पछि ट्यूमर हो या होइन भन्ने थाहा हुन्छ । यदि ट्यूमर हो भने बाल विशेषज्ञ सर्जनहरु मार्फत शल्यक्रिया गर्न सकिने  पनि पोखरेलले बताउनुभयो ।

चिकित्सकका अनुसार यसलाई जन्मजात शारिरिक अपाङगता भनिन्छ । यस्तो शिशु जन्मिनुका मूख्य चारवटा कारणहरु हुन्छन् । ढिलो उमेरमा आमाले बच्चा जन्माउनु, हाडनाताको सम्बन्ध, गर्भावस्थामा जथाभावी औषधीको प्रयोग र गर्भावस्थामा भिटामिन (फोलिक एसिड) को कमी हुनु । यी कारणहरुले यस्तो हुने सम्भावना बढी हुने डा.पोख्रेलले बताउनुभयो ।


तश्विरमा : ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा जन्मिएको अनौठो शिशु । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश