दुप्चेश्वर गाउँपालिका–२ गाउँखर्क, कुटुङसाङका २० जनालाई"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दुप्चेश्वर गाउँपालिका–२ गाउँखर्क, कुटुङसाङका २० जनालाई"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको गाउँखर्कमा व्यवस्थित घरबास बन्ने

२०७४, १३ फाल्गुन आईतवार ११:०९

फागुन १३, नुवाकोट | दुप्चेश्वर गाउँपालिकाका स्थानीयवासीलाई घरबास सञ्चालनका लागि तालीम दिइएको छ । 


दुप्चेश्वर गाउँपालिका–२ गाउँखर्क, कुटुङसाङका २० जनालाई १५ दिने घरवास सञ्चालनको तालीम दिइएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो । पर्यटकीय गन्तव्य लाङटाङ तथा गोसाइँकुण्ड जाने पदमार्गमा रहेको कुटुङसाङमा पर्यटन प्रबद्र्धनका लागि अक्सफामको सहकार्यमा कार्डसनले सञ्चालन गरेको तालीमले स्थानीवासीयलाई घरबास राख्न प्रेरित गर्ने बताइएको छ । 

तालीमप्राप्त स्थानीयवासीलाई घरबास सञ्चालनका लागि गाउँपालिकाका तर्फबाट सहयोग गरिने अध्यक्ष तामाङले बताउनुभयो । “गाउँपालिकालाई नमूना पर्यटकीय केन्द्र बनाइने छ । होमस्टेको प्रबद्र्धन गरिने योजना रहेको छ”, अध्यक्ष तामाङले भन्नुभयो, “गाउँपालिकाभित्र रहेका प्राकृतिक, धार्मिक सम्पदालाई पर्यटकीय केन्द्र बनाउनेछौँं । यसबाट स्थानीयवासीको आयआर्जनमा समेत वृद्धि हुनेछ ।” 

सहभागीलाई घरबासबारे जानकारी दिन आउनुभएका तारागाउँ विकास समितिका घनश्याम ढकालले गोसाइँकुण्ड तथा लाङटाङ पदमार्गमा पर्ने भएकाले दुश्चेश्वर गाउँपालिकाले कुटुङसाङ क्षेत्रमा एक रात भए पनि पर्यटकलाई राख्न सक्ने वातावरण बनाएर स्थानीयवासीको राम्रो आयआर्जन गराउने बताउनुभयो । कुटुङसाङ क्षेत्र हुँदै ओहोरदोहोर गर्ने पर्यटकलाई लक्ष्य गरी हाल सञ्चालन भइरहेको घरबासलाई तालीमपछि अझै व्यवस्थित रुपमा सञ्चालन गरिने स्थानीयवासी होटेल व्यवसायी दावा तामाङले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश